दोलखामा युवकको शव फेला


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

पुस १ चरिकोट । दोलखाको कालिन्चोक गाउँपालिका–६ गुर्जपाका एक युवक घर नजिकैको भिरमुनि मृतावस्थामा फेला परेका छन् ।
मृतावस्थामा फेला परेका ३५ वर्षीय बेदबहादुर कार्की रहेको इलाका प्रहरी कार्यालय सिङ्टी दोलखाले जनाएको छ ।

शव मृतावस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

स्थानीय बासिन्दाले उनको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इप्रका सिङ्टीका प्रहरी निरीक्षक नरेश मल्लले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com