कोरियाली तनाव अन्त्य गर्न ट्रम्प–पुटिन सहमत


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

पुस १, २०७४-कोरियाली द्वीपमा जारी तनाव अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका रूसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसका अनुसार उनीहरूबीच वार्ता उत्तर कोरियाली परमाणु कार्यक्रमका कारण उत्पन्न तनाव अन्त्य गर्ने विषयमा वार्ता भएको हो ।
क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी पक्षको चाहनामा रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच कोरियाली द्वन्द्वका विषयमा छलफल भएको छ ।’ छलफलमा कोरियाली तनाव अन्त्य गर्न एकजुट हुने सहमति भएको जनाइएको छ ।

क्रेमलिनले दुई राष्ट्रपतिबीच अर्थतन्त्रका बारेमा पनि कुराकानी भएको जनाएको छ । गतबुधबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अमेरिका बिनासर्त उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको बताए पनि ह्वाइटहाउसले उत्तर कोरियाले भविष्यमा परमाणु हतियार नष्ट गर्ने सर्तमा मात्र वार्ता हुने प्रस्ट पारेको थियो ।

ह्वाइटहाउसका प्रवक्ताले ट्रम्पको उत्तर कोरियाप्रतिको दृष्टिकोणमा कुनै परिवर्तन नआएको जनाएको थियो । उसले उत्तर कोरियाका कारण जापान, चीन र दक्षिण कोरियामाथि मात्र नभई समग्र विश्वमै जोखिम बढेको दाबी गरेको छ । यसअघि, राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले उत्तर कोरियाली अधिकारीसँग उत्तर कोरिया वार्ताका लागि इच्छुक भए राष्ट्रसंघले सघाउने बताएका थिए । उनले उत्तर कोरियाली अधिकारीले कोरियाली प्रायद्वीपमा युद्ध रोक्न चाहेको बताएको जनाएका छन् । प्योङयाङमा उत्तर कोरिया र राष्ट्रसंघको सचिवालयका उच्च अधिकारीबीच ८ वर्षयता भएको पहिलो गम्भीर राजनीतिक वार्तामा उनीहरूले यस्तो धारणा प्रकट गरेको उनको भनाइ छ । प्योङयाङका अधिकारीले कुनै प्रतिबद्धता नजनाएको तर वार्तालाई निरन्तरता दिन सहमति जनाएको बताइएको छ ।

राष्ट्रसंघका उपमहासचिव फेल्टमेनले गएको डिसेम्बर ५ देखि चार दिन उत्तर कोरियाको भ्रमण गरेका थिए । त्यस क्रममा उनले उत्तर कोरियाली विदेशमन्त्री री योङ होसहितका उच्च अधिकारीसँग छलफल गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com