वैदेशिक रोजगार पीडितको सुनुवाइ कार्यक्रममा द्रुत सुनुवाइ आवश्यक रहेकामा जोड


प्रकाशित मिति : मंसिर २९, २०७४ शुक्रबार

वैदेशिक रोजगारीका क्रममा पीडित कामदारको राहत तथा उद्धारमा दु्रत सुनुवाइ आवश्यक रहेकामा आजआयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा मानवाधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले आज आयोजना गरेको ‘वैदेशिक रोजगार पीडितको सुनुवाइ कार्यक्रम’ का वक्ताले पीडित कामदारले समयमै न्याय नपाउँदा पीडामाथि पीडा थपिने गरेको बताए ।

पीडित कामदारले वैदेशिक रोजगार विभागमा आएर उजुरी दिने गरे पनि समयमै त्यसको टुंगो नलाग्दा उनीहरुको न्यायमा पहुँच घट्दै गएको सहभागीले बताए । अधिकांश पीडित राजधानी बाहिरका हुने गरेको र उजुरी दिएपछि त्यसको सुनुवाइका लागि निरन्तर राजधानीमा रहेको विभागको कार्यालयमा आइरहन असम्भव भएकाले पीडकले उन्मुक्ति पाउने गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले विद्यमान कानून नै कार्यान्वयन गर्न सके वैदेशिक रोजगारका ८० प्रतिशत समस्या समाधान हुनेछ भन्दै त्यसलाई दृढतापूर्वक कार्यान्वयन नगरिएकाले वैदेशिक रोजगारीमा विकराल समस्या आइरहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले पीडितले उजुरी दिएको निश्चित समयसीमाभित्र त्यसको छिनोफानो गर्नुपर्ने गरी समयसीमा तोक्न आवश्यक रहेको बताउँदै वैदेशिक रोजगारीका ठगीको विषय सरकारीवादी फौजदारी कसुर भएकाले विभागले मिलापत्र गर्न नहुने सुझाव दिनुभयो । वैदेशिक रोजगार न्यायाधीकरणका सदस्य कृष्ण घिमिरेले पीडित एक ठाउँको पीडक अर्को ठाउँको हँुदा पीडितले न्यायका समय दिन नसक्ने गरेको अनुभव सुनाउनुभयो ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले विदेशमा कुनै नेपालीलाई समस्या परे बोर्डले निःशुल्क कानूनी सेवा प्रदान गर्ने तथा आवश्यकतानुसार उनीहरुको उद्धारका लागि हवाई टिकटको समेत व्यवस्था गरिदिने गरेको जानकारी दिनुभयो । वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीले विभागमा आएका कामदारका उजुरी सुनुवाइ गरी न्याय दिन आफूहरु दृढ रहेको बताउँदै प्रक्रियागत झण्झटका कारण केही उजुरीमा कारबाही ढिलाइ हुने गरेको स्वीकार गर्नुभयो ।

कार्यक्रममा पीडित कामदारले आफूहरुले भनेअनुसारको काम र तलब नपाएको तथा तोकिएभन्दा बढी शुल्क वैदेशिक रोजगारदातालाई तिरेर विदेश जान परेको गुनासो सुनाएका थिए । झापाकी चन्द्रकलाले एक वर्षअघि आफूलाई ओमान लगी छ महिनासम्म पेटभरि खान पनि नदिएर बन्दी बनाएर राखिएको र पछि उद्धार भएर नेपाल आउन सफल भएको सुनाउनुभयो ।

यस्तै सिन्धुपाल्चोकका फुर्वाले आफ्नी श्रीमती ओमानमा गए पनि भनेअनुसारको काम र तलब नपाएपछि उद्धारका लागि महिनौँदेखि प्रयास गर्दा पनि सफल हुन नसकेको जानकारी दिनुभयो । सर्लाहीका पदमले आफ्ना भतिज नगेन्द्रलाई करार अवधि सकिएपछि पनि साउदी अरबबाट घर फर्किन कम्पनीले नदिएको र सोही अवधिमा सडक दुर्घटना हुँदा जरिवानावापत तिर्नुपर्ने रु १० लाख तिर्न नसकेर छ महिनादेखि कारागार जीवन बिताइरहेको जानकारी दिनुभयो ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com