थाइल्याण्डले नेपालको सामाजिक–आर्थिक उन्नतीमा सघाउन चाहेको स्पष्ट


प्रकाशित मिति : मंसिर २९, २०७४ शुक्रबार

नेपाल र थाइल्याण्डबीचको बहुआयमिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुवै मुलुकबीच सचिवस्तरमा स्थापना भएको संयुक्त आयोगको बैठक शीघ्र हुने अपेक्षा थाइ राजदूतले बताएका छन् ।

नेपाल विश्वसम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना गरेको ‘थाइल्याण्ड¬–नेपाल सम्बन्ध’ विषयक प्रवचनमा नेपालका लागि थाइल्याण्डका राजदूत भाकभत तान्सकुलले विविध कारणले विगत १३ वर्षयता संयुक्त आयोगको पाँचौं बैठक हुन नसकेको बताउँदै उक्त बैठक चाँडै हुने आशा व्यक्त गरे ।

नब्बे प्रतिशत बौद्धधर्मावलम्बी जनसंख्या रहेको थाइल्याण्डका जनताले बुद्धको पूजा गर्दासमेत ब्राम्हणबाट गणेश, शिव र विष्णुको पूजा गर्ने चलन रहेको रोचक प्रशंग सुनाउँदै उनले थाइल्याण्ड र नेपालमा हात जोडेर अभिवादन गर्ने समान परम्परा रहेको चर्चा गरेका छन् ।

गौतमबुद्धको जन्मभूमि लुम्बिनी थाइल्याण्डका नागरिकका लागि प्रमुख तीर्थस्थल बनेको बताउँदै उनले धार्मिक पर्यटन प्रवद्र्धनसँगै द्विपक्षीय दौत्य सम्बन्धलाई अझ सुदृढ तुल्याउन बल मिलेको वास्तविकता सुनाए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१६ मा ४० हजार नेपाली थाइल्याण्ड भ्रमणमा गएका र त्यहाँबाट पनि लगभग त्यति नै थाइ नागरिकले नेपाल भ्रमण गरेको जानकारी उनले दिएका छन् ।

कृषि प्रविधि, पर्यटन प्रवद्र्धन, प्रविधि हस्तान्तरणका माध्यमबाट थाइल्याण्डले नेपालको सामाजिक–आर्थिक उन्नयनमा सघाउन चाहेको स्पष्ट गर्दै राजदूत तान्सकुलले सफलतापूर्वक निर्वाचन सम्पन्न भएको र त्यसले राजनीतिक स्थायित्वसँगै विदेशी लगानी भित्रने वातावरण निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com