तमोर करिडोर निर्माण तथा स्तरोन्नति,अब जनताले हिजोको जस्तो दुःख नपाउने


प्रकाशित मिति : मंसिर २९, २०७४ शुक्रबार

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले तमोर करिडोर निर्माण तथा स्तरोन्नति, जिल्लाका हरेक गाउँलाई सडक सञ्जालले करिडोरसँग जोड्नेलगायत निर्वाचनअघि आफूले गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने बताएका छन् ।

उनले निर्वाचनमा मत दिएर जिताएका जनतालाई धन्यवाद दिन आज फुङलिङ, याङवरक, सिरिजंघा, सिदिंवा र फक्ताङलुङ गाउँपालिका पुग्नुभएका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य भट्टराईले सबै गाउँलाई यातायातको पहुँचमा पु¥याउन सके पर्यटन प्रर्वद्धन हुनाका साथै कृषिको व्यवसायीकरण बढ्ने बताए ।

यस्तै तमोर, काबेलीलगायत जलाशय क्षेत्रलाई उपयोग गरी ताप्लेजुङलाई विद्युत्को भण्डारका रुपमा विकास गरिने पनि उनको भनाइ छ ।सो अवसरमा प्रदेशसभा सदस्यमा निर्वाचित टंक आङ्बुहाङले गाउँगाउँमा सिंहदरबार आइपुगेकाले अब जनताले हिजोको जस्तो दुःख नपाउने बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com