निर्माण व्यवसायी बलियो हुने तर पुल बाटो कमजोर हुने कुरा अब सहन नसकिने : ओली


प्रकाशित मिति : मंसिर २९, २०७४ शुक्रबार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब आउने सरकारले विकासनिर्माणको गुणस्तरीयतामा कोही कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको छ ।

बालकोटस्थित आफ्नै निवासमा आज बधाइ ज्ञापन गर्न आएको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै उहाँले विकासनिर्माण पारदर्शी र गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै निर्माण व्यवसायी बलियो हुने तर पुल बाटो कमजोर हुने कुरा अब सह्य हुँदैन भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले राजनीतिक संरचना तयार गरे पनि भौतिक संरचना तयार गर्न सकेका छैनौँ, प्रदेशसभाहरु चुनिए तर प्रदेशसभाको बैठक बस्ने भवन, मुख्यमन्त्री बस्ने भवन छैनन्, त्यसकारण राजनीतिक संरचनालाई काम गर्न सक्ने बनाउन भौतिक संरचनाको निर्माण दुु्रत गतिमा गर्नु जरुरी छ ।” नेपाल अहिले पुनःनिर्माणको चरणमा भएकाले पनि अबका केही दशक निर्माण क्षेत्रले देशलाई ठूलो योगदान गर्न सक्ने ओलीको भनाइ छ ।

“भूकम्पले भत्केका, घर र सार्वजनिक भवनहरु प्ुाननिर्माण भएका छैनन्”, ओलीले भन्नुभयो, “यी सबै क्षेत्रको पुनःनिर्माणका लागि व्यावसायिक क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबै वर्ग र समुदाय समान :

पूर्वप्रधानमन्त्री ओलीले नेपालमा अब कुनै पनि जाति वा समुदायले आफू विभेदमा परेको महसुस गर्नु नपर्ने बताउनुभएको छ । आफूलाई बधाइ दिन आज आफ्नै निवास बालकोट आएको नेपाल जामे मस्जिद व्यवस्थापन समितिको टोलीलाई सम्बोधन गर्दै ओलीले विगतमा मुसलमानलाई पनि मधेसीमा समूहमा राखेर त्यसको लाभ अरुले नै उठाउँदै आएको बताउनुभयो ।

“हामीले मुस्लिमलाई अलग पहिचान दिनुपर्छ भनेर छुट्टै समूहमा राखेपछि मुस्लिमले राज्यबाट प्रत्यक्ष लाभ लिन पाएका छन् ।” नेपालीमा आपसी विश्वास र सद्भाव भएकै कारण जाति, धर्म र समुदायका बीचमा मिलेमतो भएको ओलीको भनाइ थियो । आगामी सरकारले सबै वर्ग र समुदायलाई समान व्यवहार गरेर राज्यको मूल प्रवाहमा समाहित गर्न सहयोग गर्ने ओलीले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com