घर दैलो अभियानमा बीना मगर


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द)का उम्मेदवार बीना मगरले बुधबारदेखि मतदातालाई भेट्न घरदैलो अभियान सञ्चालन गर्नुभएको छ ।

मतदाताको मतको कदर गर्दै उहाँले गुनासो सम्बोधनका लागि घरदैलो अभियान शुरु गर्नुभएको हो । बुधबार कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको चवन्नी बजारमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बेलडाँडी क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकाम जोड्ने दैजी—बेल्डाँडी सडक निर्माणको कार्य पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

उहाँले तुरुन्तै गुणात्मक तरिकाले सडकलाई कालोपत्रेमा परिणत गर्नका लागि अबका केही दिनमै कार्य अगाडि बढाउनका लागि प्रयत्न गरिने बताउनुभयो । कार्यक्रममा बोल्दै स्थानीय महिला कमला गुर्धामीले पहिलोपटक दोब्बर बढी मतको अन्तरले जित्नु भएका मगरलाई सरकारको शक्तिशाली मन्त्री भएको हेर्न चाहेको बताउनुभयो ।

उहाँले महिलाको हकहितमा धेरै भन्दा धेरै काम गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय मतदाताले तत्काल गाउँपालिका क्षेत्रमा इन्टरनेट सेवाबाट वञ्चित भएकाले यसका लागि कार्य बढाउनका लागि पहल गरिदिन माग गर्नुभयो ।

मतदाताले उठाएका सबै माग शिरोधार्य गरेर अगाडि बढ्ने महिला नेत्री मगरको भनाइ रहेको थियो ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com