अमेरिकामा कामदार भिसावाहकले एकभन्दा धेरै रोजगारदाताका लागि काम गर्न सक्ने युएससीआईएसले स्पष्ट पारेको छ । तर नयाँ रोजदारदाताले काम सुरु गर्नुअगाडि आई १२९ आवेदन युएससीआईएसमा पेश गरेको हुनुपर्नेछ ।
यो नियम नयाँ नभएपनि कममात्रै कामदारहरुले यसबारे जानकारी पाएकाले युएससीआईएसले सामाजिक सञ्जालमार्फत नै यसबारे स्पष्ट पारेको हो । युएससीआईएसले भनेको छ –‘सामान्यतया एचवान बी कामदारले एकभन्दा बढी रोजगारदाताका लागि काम गर्न पाउँछन् तर त्यसका लागि हरेकका लागि स्वीकृत आई १२९ हुनुपर्छ । काम सुरु गर्नु अगाडि नयाँ रोजगारदाताले आई १२९ आवेदन पेश गरेको हुनुपर्छ । ’
एचवान बी भिसा अमेरिकी रोजगारदाताले विदेशीहरुलाई कामदार राख्न भिसा हो । जसको बार्षिक कोटा ६५ हजार रहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।