न्युजर्सीमा १ सय १ कागजपत्रविहिन पक्राउ, को को परे पक्राउ ?


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले न्युजर्सीमा १ सय १ जना कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गरेको छ । पाँचदिनसम्म संचालन गरेको विशेष अपरेशनका क्रममा आइसले उनीहरुलाई पक्राउ गरेको हो । आइसको अपरेशनलाई सीबीपीको न्युजर्सी फिल्ड अफिस र होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशनले पनि सघाएको थियो । पक्राउ परेकाहरुमध्ये ८८ प्रतिशत अपराधमा संलग्न भएकाहरु रहेको आइसले जनाएको छ ।

विगतको बर्षको तुलनामा आइसले ४० प्रतिशत धेरै आप्रवासीहरुलाई पक्राउ गरेको रिपोर्ट सार्वजनिक भएको भोलिपल्टैदेखि न्यु जर्सीमा अपरेशन संचालन गरिएको थियो । न्युजर्सीमा भएको अपरेशनमा सघाउन पाएकोमा अमेरिकी अध्यागमन तथा सिमा सुरक्षा बलको न्युयोर्क फिल्ड अफिसका कार्यकारी निर्देशक लिओन हेवार्डले खुशी व्यक्त गरेका छन् ।

पक्राउ पर्नेहरुमध्ये ३ जना ब्राजिलका, १ जना कंगोका, ३ जना कोस्टारिकाका, ४ जना क्युबाका, १८ जना डोमेनिकन रिपब्लिकका, २ जना इक्वाडरका, २ जना इजिप्टका, ७ जना एल साल्भाडोरका, १ जना इथोपियाका, १ जना जर्जियाका, ६ जना ग्वाटेमालाका, ३ जना गायनाका, ३ जना हैटीका, ८ जना होण्डुरसका, १ जना जमैकाका, २ जना कोरियाका, १ जना लाइबेरियाका, १५ जना मेक्सिकोका, १ जना निकारागुवाका, १ जना नाइजेरियाका, १ जना पाकिस्तानका, २ जना फिलिपिन्सका, २ जना पेरुका, १ जना पोर्चुगलका, २ जना स्पेनका, २ जना टर्कीका, १ जना बेलायतका, १ जना युक्रेनका, १ जना भेनेजुएलाका र १ जना भियतनामका रहेको जनाइएको छ ।

पक्राउ पर्नेहरु २० देखि ७१ बर्ष उमेर समुहका रहेका छन् । उनीहरुमध्ये अधिकांश बालबालिकामाथि यौन दुब्र्यबहार, लागुपदार्थको कारोवार, चोरी, डकैती, ठगी, मादक पदार्थ सेवन गरेर गाडी चलाएको, बालबालिकाका अश्लिल भिडियो बनाएको, घरेलु हिंशा, चोरी, हातहतियार लगायतका अपराधमा दोषी ठहरिएकाहरु रहेको आइसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com