बारामा विजय जुलुस निकाल्ने क्रममा झडप, प्रहरीद्वारा दर्जनौं हवाई फायर र अश्रुग्यास प्रहार


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

मंसिर २७, बारा, विजय जुलुस निकाल्ने क्रममा जिल्लाको पचरौता नगरपालिकामा दुई पक्षबीच झडप हुँदा उक्त क्षेत्र तनावग्रस्त बनेको छ ।

संघीय समाजवादी फोरम र नेपाली कांग्रेस कार्यकर्ताबीच बुधबार दिउँसो झडप भएको हो । प्रहरीका अनुसार बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा निर्वाचित फोरमका महासचिव रामसहायप्रसाद यादवलगायतको विजयी जुलुसमा सहभागीहरु प्रदेशसभातर्फका कांग्रेस उम्मेदवार मणिभूषणकुमार यादवको घर नजिक पचरौतामा पुग्दा झडप भएको हो । मणिभूषण संघीय फोरमका प्रदेशसभा सदस्यमा निर्वाचित बच्चा राउत अहिरका निकटतम प्रतिस्पर्धी हुन् ।
झडपले अशान्त बनेको पचरौतामा प्रहरीले दर्जनौं हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । झडपमा केही प्रहरी र स्थानीय घाइते भएका छन् । घटनास्थलमा जिल्लाबाट डिएसपी भुनेश्वर साहको नेतृत्वमा थप प्रहरी बल जाँदै छ । विजय जुलुसमा सहभागी निर्वाचित उम्मेदवारहरुलाई भने सुरक्षा घेरामा राखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com