प्रतिनिधिसभाको १६५ सिटमा निर्वाचित महिला सांसद जम्मा ६ जना


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

सपना थामी

काठमाडौं, २७ मंसिर । देशमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन होस् या प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन । यी ऐतिहासिक निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारीमा महिलाको संख्या कम नै रह्यो । प्रमुख राजनीतिक दल लगायत सबै दलका अधिकांश महिला उम्मेदवारहरु समानुपातिकमा नै सीमित रहे । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भईसक्दा प्रतिनिधिसभा सदस्यमा महिलाहरुको संख्या भने जम्मा ६ मात्र रहेको छ ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट निर्वाचित १ सय ६५ र समानुपातिकबाट १ सय १० गरी प्रतिनिधिसभामा २ सय ७५ सदस्य रहनेछ । यस्तै, राष्ट्रियसभा ५९ सदस्यीय हुनेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको कुल ३ सय ३४ सिटमध्ये ३३ प्रतिशतको आधारमा महिलाले १ सय १० सिट पाउनुपर्दछ । संविधानका अनुसार ७ ओटा प्रदेशबाट एकल संक्रमणीय मतका आधारमा कम्तीमा ३÷३ महिला राष्ट्रिय सभामा आउँदा महिलाको संख्या २१ हुनेछ । त्यस्तै राष्ट्रपतिबाट मनोनित हुने ३ सदस्य मध्ये १ महिला अनिर्वाय हुनेछन् । यसर्थ, महिलाको संख्या २२ पुग्ने आधार संविधानतः  हो । तर, देशैभरको अन्तिम मतपरिणाम अनुसार प्रत्यक्षतर्फ महिलाहरुको संख्या ६ मात्र पुगेको छ । संसदमा ३३ प्रतिशत महिलाका लागि अब थप ८२ जना महिलाको आवश्यकता पर्दछ । प्रतिनिधिसभा सदस्यमा एकदमै न्यून महिला विजयी भएका छन् । देशका प्रमुख राजनीतिक दल लगायत सबै जसो दलले प्रतिनिधिसभातर्फ कम महिला उम्मेदवार खडा गरेका कारण पनि नतिजा यस्तो आएको आंकलन गर्न सकिन्छ । विभिन्न राजनीतिक दल ३३ प्रतिशत महिला संसदमा पु¥याउन कै लागि समानुपातिकबाट ल्याइने पनि बताईरहेका छन् ।

प्रतिनिधिसभा सदस्यमा १ सय ६५ सिटको नतिजा सार्वजनिक भईसक्दा माओवादी केन्द्रबाट ३, एमालेबाट २ र राष्ट्रिय जनमोर्चाबाट १ गरी जम्मा ६ जना महिला विजयी भएका हुन् । माओवादी केन्द्रबाट कन्चनपूर प्रतिनिसभा क्षेत्र नम्बर १ का उम्मेदवार बिना मगर, ललितपूर प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट पम्फा भुषाल र रुकुमपूर्व प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट कमला रोका विजयी भएका हुन् । कन्चनपुर १ बाट ३८ हजार ४ सय ६७ मतसहित बिना मगर विजयी भएकी हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मगरका निकटतम प्रतिस्पर्धी नेपाली काँगे्रसका दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत प्राप्त गरेका थिए । ललितपूर ३ मा माओवादी केन्द्रका उम्मेदवार पम्फा भुषालले २४ हजार ३६ मतका साथ विजय भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मदनबाहदुर अमात्यले २२ हजार ३ सय २८ मत प्राप्त गरी पराजित भएका हुन् । माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यतर्फ विजयी अर्का महिला कमला रोकाले १० हजार ४ सय ३४ मत प्राप्त गरेकी हुन् । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्ती मगरभन्दा दोब्बर बढी मतले रोका विजयी भएका हुन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरिशंकर घर्ती मगरले ४ हजार ४ सय ६ मत प्राप्त गरेका हुन् । त्यसै गरी नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा विजयी महिला उम्मेदवार पवित्रा निरौला खरेल ४५ हजार ८ सय १७ मत प्राप्त गरेकी थिइन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उद्धव थापाले ३२ हजार ५० मत प्राप्त गरि पराजित भएका हुन् । एमालेकै प्रतिनिधिसभा तर्फबाट उम्मेदवार बनेका अर्का पद्मा कुमारी अर्याल ३५ हजार १ सय ४१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोपालमान श्रोष्ठले ३१ हजार ४ सय ३६ मत प्राप्त गरेका हुन् ।

प्यूठान प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाबाट विजयी महिला उम्मेदवार दुर्गा पौडेल हुन् । उनी ४७ हजार ५ सय १४ मतका साथ विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्दराज पोखरेलले ३१ हजार २ सय ८६ मत प्राप्त गरेका छन् ।

मंसिर १० गते भएको निर्वाचनमा प्रतिनिधिसभाको ३७ सिटमा कांग्रेसले २ र माओवादी केन्द्रले १ स्थानमा मात्रै महिला उम्मेदवार बनाएका थियो। कांग्रेसले खोटाङमा सरस्वती बजिमय र बागलुङबाट चम्पादेवी खड्कालाई उम्मेदवार बनाएको थियो भने माओवादी केन्द्रले रुकुम पूर्वबाट कमला रोकालाई उम्मेदवार बनाएको थियो ।

मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचनमा तुलनात्मरुपमा यो सङख्यामा वृद्धि भएको थियो । मुख्यपार्टिबाट प्रतिनिधिसभा र प्रदेससभाको लागि जम्मा ३६ महिला चुनावी मैदानमा होमिएका थिए । दोस्रो चरणको चुनावमा वाम गठबन्धनले प्रतिनिधिसभामा ९ महिला उम्मेदवार बनाएको थियो। कांग्रेसको लोकतान्त्रिक गठबन्धनले ६ जना महिला उम्मेदवार बनाएको थियो भने मधेसवादी दलको गठबन्धनबाट प्रतिनिधिसभामा एकजना पनि उम्मेदवार थिएनन् ।

र, अब भनिरहनु नपर्ला प्रत्यक्ष उमेद्वारी दर्ता नै कम भएपछि जित्ने मौका त परको कुरा भयो । संविधानले जारी गरे अनुसार ३३ प्रतिशत महिलाको सिट सङख्या पुर्याउन अब समानुपातिक बाट यसको भरपाई गरिने छ । आखिर अधिकारको लेखाजोखा गर्ने ठाउँमा जसरी पनि महिलाको आवाज र सङख्या पुगे त भइहाल्यो भन्ने पनि होला, वा प्रत्यक्षबाट महिलालाई कम उमेदवारी दिएर समानुपातीकबाट यसको भरपाई गरि सन्तुलनमा सांसद सङख्या पुर्याउला भन्ने पनि होला र हुनसक्छ तार्किक रुपमा यो आफ्नै ठाउँमा सहि पनि होला, तर गौर गर्नुपर्ने प्रश्न यो छ कि कहिले सम्म महिलाले जन्मदै महिला भएको कारणले मात्र सम्मान र अधिकार पाउने हो । कहिले सम्म महिलाले क्षमताको भरमा नभई कोटा र आरक्षणको भरमा मात्र उपस्थिती जनाउनु पर्ने हो । अन्त्यमा निर्वाचित महिला संसदलाई बधाई र कार्याकालको शुभकामना ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com