चार दल राष्ट्रिय पार्टी बन्ने पक्का, राजपाको सम्भावना बाँकी


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

प्रतिनिधिसभाको समानुपातिकतर्फ खसेको एक करोड पाँच लाखमध्ये आधा मत गन्दा एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै ३ प्रतिशत थ्रेसहोल्ड कटाएको समाचारलाई आज नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएर लेखेको छ ।

समाचार अनुसार, राष्ट्रिय पार्टीका रुपमा यी ४ पार्टीले मात्रै समानुपातिकको एक सय १० सिटको वितरणमा सहभागी हुने सम्भावना बढेर गएको यद्यपि, राजपाको पनि सम्भावना कायमै छ ।

राजपा नेपालले प्रत्यक्षमा फोरमभन्दा एक बढी अर्थात् ११ सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड छुन संघर्ष गरिरहेको छ ।

अहिलेसम्म उसले २ दशमलव ४८ प्रतिशत मत पाएको छ । यो मत ३ प्रतिशत पुर्याएमा उसले पनि कम्तीमा चार सिट पाउनेछ । र, ती चार सिट कांग्रेस, एमाले, माओवादी र फोरमको खाताबाट घट्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com