मुख्यमन्त्री बन्न एमाले-माओवादीबीच अहिलेदेखि नै हानथाप सुरु


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

मुख्यमन्त्री बन्न प्रदेश नम्बर २, ४, ५ र ६ मा हानथाप सुरु भएको छ । ८ जिल्ला रहेको प्रदेश २ मा मधेसी गठबन्धनको बहुमत छ । त्यसैले मधेसवादी कुनै एक दलको नेता मुख्यमन्त्री बन्नेछ ।

तर संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भने समानुपातिकको मतपरिणाम पनि आइसकेपछि मुख्यमन्त्रीको विषयमा छलफल हुने प्रतिक्रिया दिएको समाचारमा उल्लेख छ ।यसैगरी प्रदेश ४ को मुख्यमन्त्री बन्ने दौडमा एमालेका किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङ छन् । पृथ्वीसुब्बाले चुनाव प्रचारकै क्रममा आफू मुख्यमन्त्री बन्ने भएकाले जिताउन आह्वान गर्दै आएका थिए ।

यसैगरी प्रदेश ५ को मुख्यमन्त्रीमा वाम गठबन्धनभित्रै हानथाप छ । एमालेका शंकर पोख्रेल मुख्यमन्त्रीको बलियो दावेदार हुन् । तर, प्रत्यक्षतर्फको निर्वाचन परिणामपछि रोल्पाका कुलबहादुर केसी सोनामले पनि दाबी गरेका छन् ।

नागरिक दैनिकसँग सोनामले भनेका छन्, ‘माओवादी आधार इलाकामा एमालेलाई कसरी दिन सकिन्छ ? यो प्रदेशका जिल्लामा एमालेभन्दा माओवादी माथि छ । आफ्नो पकड बलियो भएको ठाउँमा माओवादीले एमालेलाई कसरी स्पेस दिन मिल्छ ?यसैगरी ६ नम्बर प्रदेशमा पनि एमाले/माओवादीबीच अहिलेदेखि नै हानथाप सुरु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो प्रदेशको प्रदेशसभातर्फ प्रत्यक्षतर्फ एमालेले १४ र माओवादी केन्द्रले ९ स्थानमा विजय हासिल गरेका छन् । प्रत्यक्षतर्फ ४० र समानुपातिकमा १६ गरी कुल ४० सदस्यीय हुने यो प्रदेशमा कांग्रेसले प्रत्यक्षतर्फ मात्रै १ स्थानमा जित निकालेको छ ।आजको नागरिक दैनिकका अनुसार मुख्यमन्त्रीका लागि एमालेबाट पोलिटब्युरो सदस्य यामलाल कँडेल र प्रकाश ज्वाला तथा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारीले दाबी गरेका छन् ।

प्रत्यक्षतर्फ धेरै सिट जितेको एमाले मुख्यमन्त्रीमा आफ्नो दाबी स्वभाविक ठान्छ भने सशस्त्र द्वन्द्वको आधारभूमि भएकाले मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने माओवादी तर्क छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com