राष्ट्रिय सरकार गठनपछि मात्रै नयाँ सरकार


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

राजधानीबाट आज प्रकाशित सबैजसो पत्रिकाहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणामकै समाचारहरुलाई प्राथमिकता दिएका छन् ।

समानुपातिक मत परिणाममा एमाले नै अगाडि रहेको, राष्ट्रिय सभा गठन पछि मात्रै नयाँ सरकार बन्ने, राष्ट्रिय सभा गठन गर्नका लागि कानुन नबनेको लगायतका समाचारहरु आजका पत्रिकामा छन् ।

नागरिक दैनिकले ‘राष्ट्रियसभा गठनपछि मात्र नयाँ सरकार’ बन्ने समाचार छापेको छ । समाचारमा लेखिएको छ( राष्ट्रिय चुनाव नहुँदजासम्म संघीय संसदले पूर्णता नपाउने भएको छ । संसदले पूर्णता नपाई नयाँ सरकार गठन हुन सक्दैन ।

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ दुईतिहाइ जित्ने वामगठबन्धनका नेताले भने पुस १५ गते नयाँभित्र सरकार गठन गर्ने दाबी गर्दै आएका छन् । राष्ट्रिय सरकार गठनपछि मात्रै नयाँ सरकार गठन हुनेछ ।संविधानले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त रुपलाई संघीय संसद भनेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com