न्युयोर्क विस्फोटका योजनाकार पक्राउ


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

न्युयोर्कमा सोमबार बिहान भएको एउटा विष्फोटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरीले एकजना बङ्गलादेशी नागरिक पक्राउ गरेको छ । ती २७ वर्षीय बङ्गाली युवालाई प्रहरीले सो विस्फोटमा संलग्न भएको भरपर्दो प्रमाणका आधारमा पक्राउ गरी सोधपुछ गरिरहेको जानकारी मङ्गलबार दिइएको छ । पक्राउ परेका ती बङ्गालीको नाम अकायाद उल्लाह हो ।

उल्लाह बिगतका केही वर्षदेखि अमेरिका बस्दै आएको प्रहरीबाट प्राप्त भएको समाचारहरुमा खुलाइएको छ ।
अमेरिकामा बिगतका केही बर्षयतादेखि ट्याक्सी चालकको रुपमा काम गरिरहेका उनले आफ्नो शरीरमा बम बाँधेर हिँडेको प्रमाण नै प्रहरीले भेटेको जनाएको छ । आफ्नो शरीरमा बाँधिएकोे पाइप बम उनले नै विष्फोट गराएको प्रहरीले अनुसन्धानकाक्रममा खुलेको जनाएको छ ।

सोही बम पड्किएको र त्यसबाट उनी घाइते भएका थिए । सोही बमका छर्रा लागेर नै अरु तीनजनालाई पनि चोटपटक लागेको जानकारी सो अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । सोमबार बिहान भएको यस विस्फोटलाई आतङ्ककारी हमला भएको बताइएको छ । तर बम विस्फोटका कारण पनि बमको कम शक्तिका कारण मात्र थोरै क्षति भएको पनि एक आर्को समाचरमा जनाइएको छ ।

न्युयोर्कका मेयर बिल दे ब्लासियोले यस घटनालाई एउटा आतङ्ककारी हमलाको प्रयास भएको बताउनुभएको छ । उहाँले यसबाट ठूलो क्षति हुन नपाए पनि ठूलो क्षतिको योजनाबाट विस्फोट गराइएको बताउनुभब्एको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि पनि उक्त सहरको प्रहरीले यहाँको म्यानह्याटन बस टर्मिनलमा भएको विस्फोटको घटनाका सम्बन्धमा पनि एक युवालाई गिरफ्तार गरिएको बताएको थियो । न्युयोर्क सहरको टाइम्स स्क्वाएर नजिकै पोर्ट अथोरिटी बस टर्मिनलसँगै रहेको भूमिगत मार्गमासोमबार बिहान उक्त विस्फोटको घटना भएको प्रहरीले जानकारी दिएको छ । बम विस्फोटका विषयको पूरा विवरण भने प्राप्त भएको छैन ।

तर न्युयोर्क सहरका सुरक्षा अधिकारीहरुले ती संदिग्ध युवकले सो विस्फोटक पदार्थ साथैमा लिएर पोर्ट अथोरिटीतर्फ जाने क्रममा अथवा बम राख्न योजना गरिएको स्थानमा नपुग्दै र समयअगावै उक्त विस्फोटक पदार्थ पड्किएको हुनसक्ने जनाएका छन् ।
त्यसै कारणले क्षति हुन नपाएको बताइएको छ ।

उक्त विस्फोट लगत्तै नै ती व्यक्तिलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ ।उक्त बम पोर्ट अथोरिटी बस टर्मिनलमा नै विस्फोट गराउन लान लागिएको अनुमान गरिएको छ । उक्त टर्मीनल अमेरिकाकै सबैभन्दा ठूलो बस टर्मिनल हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com