बाम गठबन्धनको दुइतिहाई कति प्रदेशमा ?


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

पहिलो हुने निर्वाचित हुने निर्वाचित प्रणालीअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन छ वटा प्रदेशमा दुईतिहाइ बढी स्थानमा विजयी भएको छ । प्रदेश नं १, ३, ४, ५, ६ र ७ मा गठबन्धनले दुईतिहाइ बढी स्थानमा जित हासिल गरेको छ । छ वटा प्रदेशमा अत्यधिक स्थानमा विजयी भएको गठबन्धन प्रदेश नं २ मा भने कमजोर देखिएको छ ।

तुलनात्मक रुपमा अन्य प्रदेशमा कमजोर देखिएको नेपाली काँग्रेस प्रदेश नं २ मा केही बलियो देखिएको छ ।

त्यस्तै मधेस केन्द्रित शक्ति २ नं प्रदेशमा बलिया देखिएका छन् । प्रतिनिधिसभाअन्तर्गत प्रदेश नं १ का २८ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनका साझा उम्मेदवार २२ स्थानमा विजयी भएका छन् । प्रदेश नं १ मा एमालेले १६ स्थानमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले छ स्थानमा जित हासिल गरेको छ ।
त्यस्तै काँग्रेस चार स्थानमा विजयी भएको छ भने राप्रपा एक स्थानमा विजयी भएको छ । सुनसरी क्षेत्र नं ३ मा मतगणना जारी छ । सो क्षेत्रमा एमालेका भगवती चौधरी र काँग्रेसका विजयकुमार गच्छदारबीच कडा प्रतिस्प्रर्धा भएको छ । अहिले साँझ ८ बजेसम्म एमालेका चौधरी केही मतले अगाडि हुनुहुन्छ । प्रदेश नं २ मा वाम गठबन्धनको उपस्थिति निकै कमजोर देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदेश नं २ का ३२ निर्वाचन क्षेत्रमा वाम गठबन्धनले जम्मा सात स्थानमा जित हासिल गरेको छ । एमाले दुई र माओवादी केन्द्र पाँच स्थानमा विजयी भएका छन् । काँग्रेस अन्य प्रदेशमा भन्दा २ नं प्रदेशमा केही बलियो देखिएको छ ।

काँग्रेसले यस प्रदेशमा छ स्थानमा जित हासिल गर्न सफल भएको छ । त्यस्तै राजपा नेपाल १० र संघीय समाजवादी फोरम नेपाल नौ स्थानमा विजयी भएको छ । यसैगरी प्रदेश नं ३ का ३३ प्रतिनिधिसभाका क्षेत्रमा पनि वाम गठबन्धनको बहुमत रहेको छ ।

गठबन्धनले २७ स्थानमा जित हासिल गरेको छ । एमाले २० र माओवादी केन्द्र सात स्थानमा विजयी भएको छ । त्यस्तै नेपाली काँग्रेस पाँच र नेपाल मजदुर किसान पार्टी एक स्थानमा विजयी भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com