फेरिएको रत्नपार्क !


प्रकाशित मिति : आश्विन ६, २०७३ बिहीबार

चटकेले चटक देखाउने ठाँउ । फुटपाथे पसलेहरुले मकै, बदाम , खरबुजा, कुल्फी र आइसक्रिम बेच्ने ठाउँ । सडक बालबालिकाहरु खेल्ने ठाउँ । जताततै फोहोर र दुर्गन्ध । यौन धन्दाका लागि समेत बार्गेनिङ हुने स्थल । लागुपदार्थ सेवन गर्नेदेखि गैरकानुनी धन्दाहरु हुने स्थान । यस्तै यस्तै नकारात्मक परिचय बोकेको रत्नपार्क अब पूरै बदलिएको छ । अब रत्नपार्क सुन्दर, हरियाली र मन बहलाउने स्थलमा रुपान्तरण भइसकेको छ ।
आधुनिक रत्नपार्क अब पहिलेजस्तो छैन । रत्नपार्क शान्त हरियाली र फुल बगैंचाले सजिएको छ । पार्क संचालनलाई व्यवस्थित बनाउन टिकटको व्यवस्था गरिएको छ भने महानगरले १९ जना कर्मचारी खटाएको छ ।
४२ रोपनी जग्गामा फैलिएको रत्नपार्कभित्र हरियाली वातावरण संगै अग्रभागको प्रवेशद्धार नजिकै शोभापोखरी रहेको छ भने दक्षिण तर्फ दुई वटा त्रिकोणात्मक पोखरीहरु रहेका छन् । बालबालीकाको मनोरञ्जनका लागि ६ वटा पिङ्ग र २ वटा चिप्लेटी रहेका छन् । पूर्वी भागमा भने गमलाहरु राखिएका छन् । त्यस्तै शौचालय, सुरक्षा गार्डको समेत व्यवस्था गरिएको छ ।
रत्नपार्कको निर्माण कार्य बि.स २०१८ सालमा तत्कालीन महारानी रत्नराज्य लक्ष्मीदेवी शाहको ईच्छा अनुसार सुरु गरिएको हो । यसको निर्माण सम्पन्न भने २०२१ सालमा भएको थियो । पछि २०५८ साल जेठ ५ गते रत्नपार्क महानगरको मातहतमा आएपछि २०६३ साल कार्तिक १ गते देखि महानगरकै वातावरण विभागले यसको संचालन तथा समबद्र्धनको जिम्मेवारी निर्वाह गर्दे आएको छ ।
रत्नपार्क सशुल्क खुल्ला भएपछि २५ रुपैया प्रवेश तोकिएको छ भने बिद्यार्थीका लागि १५ रुपैयामा प्रवेश गर्न दिईने छ । यसबाट बार्षिक ४५ लाख रुपैया आम्दानी गर्ने महानगरको लक्ष्य छ । बालबालीका जेष्ठनागरिकहरुका लागि भने प्रवेश निशुल्क हुनेछ । हप्ताको सातै दिन गर्मी समयमा बिहान ८ बजे देखि साझ ६ बजे सम्म र जाडोको समयमा बिहान ८ बजे देखि साझ ५ बजे सम्म रत्नपार्क खुल्ला रहने छ ।

फोटो : निश्चल / किशोर

img_7395 img_7396 img_7398 img_7402 img_7403 img_7406 img_7409 img_7411 img_7412 img_7414 img_7418 img_7419 img_7425 img_7426 img_7427 img_7428 img_7429 img_7438 img_7440 img_7441 img_7446 img_7452 img_7453 img_7458 img_7459

ratnapark-feature-1 ratnapark-feature-2 ratnapark-feature-3 ratnapark-feature-4 ratnapark-feature-5

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com