अमेरिकी दूतावासअगाडि प्रदर्शन


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

मंसिर २५, २०७४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएको विरोधमा लेबनानस्थित अमेरिकी दूतावासमा भएका प्रदर्शनमा हिंसात्मक झडपहरू भएका छन् ।

राजधानी बेरुतको उत्तरमा अमेरिकी दूतावासनजिकै सयौंको संख्यामा प्रदर्शनकारीले ट्रम्पको निर्णयको विरोध गरिरहेका छन् । बीबीसीका अनुसार प्रदर्शनकारीलाई भगाउन सुरक्षाकर्मीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार कपितय प्रदर्शनकारीले पर्खाल चढ्ने तथा दूतावासको हाताभित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । कालो कपडा र सेतो स्काफ लगाएका प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति ट्रम्पका विरुद्ध नाराबाजी गरेका थिए ।

लेबनानका कम्युनिस्ट पार्टी नेता हन्ना घरिबले प्रदर्शनकारीलाई सम्बोधन गर्दै ‘अमेरिकीहरू प्यालेस्टिनीको शत्रु’ भएको बताए । प्रदर्शनकारीको एक समूहले ट्रम्पको पुत्ला जलाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेरुसेलमलाई गत बिहीबार राजधानीको मान्यता दिएलगत्तै ट्रम्पले इजरायलको तेलअभिभस्थित अमेरिकी दूतावास जेरुसेलम सार्ने निर्णय गरेका थिए । उक्त निर्णयको व्यापक भत्र्सना भएको छ । लेबनानमा ४५ हजार प्यालेस्टिनी शरणार्थीहरू छन् ।

अरब लिगले ट्रम्पको निर्णयको कडा शब्दमा निन्दा गर्दै अमेरिकाले ‘मध्यपूर्वमा आगोको ज्वाला थपेको’ आरोप लगाएको छ । उसले अमेरिकी कदमले ‘मध्यपूर्वमा जारी शान्ति पक्रिया धरापमा परेको’ जनाएको छ ।

त्यसैगरी, वेस्ट ब्यांक, गाजा स्ट्रिप र रमल्लाहमा चौथो दिन पनि झडपहरू भएका छन् । जेरुसेलममा इजरायली फौजले प्रदर्शनकारीको सामना गर्न हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । झडपका क्रममा सयौं प्यालेस्टिनी प्रदर्शनकारी घाइते भएको अधिकारीले जनाएका छन् ।

जेरुसेलमप्रति लामो समय मौन रहेको अमेरिकाले बिहीबार जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएपछि केही समय शान्त रहेको मध्यपूर्वमा हिंसा भड्किएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पको निर्णयको विरोधमा इन्डोनेसियाको राजधानी जाकार्तास्थित अमेरिकी दूतावासअगाडि पनि प्रदर्शन गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतेन्याहुले फ्रेन्च राष्ट्रपति इम्यानुयल म्याक्रोंसँग भेटवार्ताका लागि पेरिस जाँदै छन् । उनले युरोपेली संघका मन्त्रीहरूलाई सोमबार भेट्दै छन् । त्यसैगरी जोर्डन, इजिप्ट, इराक, टर्की, ट्युनिसिया र इरान लगायतका देशमा पनि विरोध प्रदर्शन जारी रहेको रोयटर्सले जनाएको छ ।

इजरायलले जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । प्यालेस्टिनीहरूले सन् १९६७ युद्धपछि इजरायलले नियन्त्रणमा लिएको पूर्वी जेरुसेलमलाई भावी राजधानी बताउने गर्छन् ।

सुरुङ ध्वस्त पारेको दाबी

इजरायली रक्षा बल (आईडीएफ) ले हमास समूहले गाजाको मध्य क्षेत्रबाट इजरायल पुग्न सकिने गरी निर्माण गरेको सुरुङमार्ग आइतबार ध्वस्त गरेको जनाएको छ ।

आईडीएफका प्रवक्ता कर्नेल जोनाथन कनरिकसले सुरुङ पत्ता लगाई ध्वस्त पार्न आईडीएफले विकसित गरेको अत्याधुनिक पद्धतिको प्रयोग गरिएको जनाए । उक्त घटनामा हमास जिम्मेवार रहेको बताए पनि थप जानकारी दिएको छैन ।

दक्षिण इजरायलको सीमानजिक पर्ने गाजा क्षेत्र हमास समूहको नियन्त्रणमा छ । हमासले इजरायलको अस्तित्वलाई स्वीकार गर्दैन । हमास र इजरायलले पटकपटक युद्ध लडेका थिए । उनीहरूबीच पछिल्लो पटक २०१४ मा युद्ध भएको थियो । त्यसताका हमासले सुरुङ निर्माण गरेको थाहा पाएपछि अत्याधुनिक प्रविधिको विकास गरेको इजरायलको दाबी गरेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com