उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन सवारी दुर्घटनामा घाइते
प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

मंसिर २४ काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ का छोरा दिपेश पुन सवारी दुर्घटनामा परि घाइते भएका छन् ।
रोल्पाबाट काठमाडौँ आउँदै गर्दा रोल्पाको सातदोबाटोमा उनको गाडी दुर्घटनामा परेको हो । उनको टाउकोमा चोट लागेको उनको परिवारीक स्रोतले बताएको छ ।
उनलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ ।