गुल्मी २ बाट गोकर्ण विष्ट विजयी, प्रदेशसभामा केसी र पन्थी निर्वाचित


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा एमाले सचिव गोकर्ण विष्ट विजयी भएका छन् । विष्टले कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार ४६१ मत अन्तरले हराएका हुन् ।विष्टले ३४ हजार ६१८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी केसीले २० हजार १५७ मत पाएका छन् ।

क्षेत्रनम्बर २ अन्तर्गतका प्रदेशसभाका दुबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । क्षेत्र नम्बर २ (क) मा वाम गठबन्धनबाट एमालेका खड्ग केसी विजयी भए । केसीले नेपाली कांग्रेसका शालिकराम पन्थीलाई ४ हजार ४९२ मतअन्तरले पराजित गरेका छन् ।

एमाले उम्मेदवार केसीले १६ हजार एक सय ६५ र कांग्रेस उम्मेदवार पन्थीले ११ हजार ६ सय ७३ मत पाए । प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (ख) पनि वाम गठबन्धबाट माओवादी उम्मेदवार दिनेश पन्थी विजयी भएका छन् । पन्थीले निकटतम प्रतिस्पर्धी कांग्रेसका छन्दबहादुर पहराई मगरलाई ८ हजार ३६ मत अन्तरले हराए । पन्थीले १७ हजार ६०१ र मगरले ९ हजार ५६४ मत पाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com