पूर्व गृहमन्त्री बस्नेत फराकिलो मतान्तरले विजयी
प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

मंसिर २३, २०७४- प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत फराकिलो मतान्तरले विजयी भएका छन् । पूर्व गृहमन्त्री बस्नेतले काँग्रेसका राजिव विक्रम शाहलाई ८ हजार ९ सय ९२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
माओवादी नेता बस्नेतले ३२ हजार २ सय ८१ मत प्राप्त गरेका छन् । बस्नेतका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शाहले २३ हजार २ सय ८९ मत प्राप्त गरेका छन् । मत गणनाको सुरु भएदेखि नै बस्नेतको अग्रता रहेको थियो । बस्नेत माओवादी केन्द्र ६ नं प्रदेश इन्चार्ज पनि हुन् । प्रतिनिधि सभामा ६० हजार मत खसेको थियो । प्रतिनिधि सभामा खसेको मध्ये ४ हजार मत बदर भएको सहायक निर्वाचन अधिकृत मेघनाथ चापागाईले बताए । जाजरकोटबाट प्रतिनिधि सभा र प्रदेश सभा ‘क’ तथा ख दुवैमा वाम गठबन्धनका उम्मेदवारले विजय हासिल गरेका छन् ।