मंसिर २३, २०७४– प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मालोकतान्त्रिकका पशुपतिशमशेर राणालाई बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार शेरबहादुर तामाङले आठहजार ३८ मतान्तरले पराजित गरेका छन् । तामाङ ३८ हजार चारसय १ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणाले ३० हजार ६ सय ६९ मत ल्याउनुभयो ।
शुरुवाती मतगणनाको क्रममा अग्रता कायम गरेका राणाले हिजो दिउँसोसम्म पछ्याइरहनुभएको थियो । गएरातीबाछ भने तामाङले अग्रता बढाउदै लग्नुभएको हो । बामगठबन्धनका साझा उम्मेद्वार तमाङले पहिलोपटक २०५६ सालमा आम निर्वाचनबाट चुनाव लडेका थिए । एमालेका केन्द्रीय सदस्य समेत रहेका शेरबहादुरको यो चौथो उम्मेद्वारी र दोस्रो जित हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।