झापामा ओली अगाडि, सिटौला र विश्वप्रकाश पछाडि


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

मंसिर २३, २०७४-झापाका पाँचवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रतालाई कायमै राखेका छन् । ‘हेभीवेट’उम्मेदवारहरुका कारण जिल्लाको ताजा मतपरिणामप्रति सर्वसाधारणको चासो बढ्दो छ ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र युवा नेता विश्वप्रकाश शर्मा अहिलेसम्म आफ्ना प्रतिस्पर्धीलाई उछिन्न सकेका छैनन् । एमाले अध्यक्ष केपी ओलीका प्रतिस्पर्धीले ल्याएको मतभन्दा बढी अन्तरले अगाडि छन् । ओली प्रतिस्पर्धी कांग्रेसका डा.खगेन्द्र अधिकारीभन्दा ७ हजार २ सय १३ मतको अन्तरले अगाडि छन् ।

क्षेत्र नं ३ मा सिटौलालाई वाम गठबन्धनको समर्थन रहेको राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले पछि पारेका छन् । पछिल्लो नतिजाअनुसार सिटौला लिङ्देनभन्दा ३ हजार ६ सय १९ मतले पछि छन् । त्यस्तै युवा नेता विश्वप्रकाश माओवादी उम्मेदवार राम कार्कीभन्दा ८ सय ७७ मतले पछि छन् ।

क्षेत्र नं. २ मा कांग्रेस जिल्ला सभापति उद्धव थापा वाम गठबन्धनकी पवित्रा निरौला खरेलसँग २ हजार ३ सय ४७ मतले पछि छन् ।

क्षेत्र नं. ४ मा वाम गठबन्धनका एलपी सावा कांग्रेसका देउमान थेवेभन्दा ६ हजार १ सय ७८ मतअन्तरले अगाडि छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com