ललितपुर–३ मा माओवादी केन्द्रकी पम्फा भुसाल विजयी
प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

ललितपुर क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल विजयी भएकी छिन्। उनले निकटतम प्रतिद्वद्वी कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यलाई १८०७ मतले हराएकी हुन्। भुसालले २४ हजार ३६ प्राप्त गरिन्। यस्तै अमात्यले २२ हजार २२९ मत ल्याए।
माओवादी केन्द्रका तर्फबाट बाग्लुङ क्षेत्र नम्बर २ बाट देवेन्द्र पौडेल, पश्चिम रूकुम क्षेत्र नम्बर १ बाट जनार्दन शर्मा र रूकुम पूर्व क्षेत्र नम्बर १ बाट कमला रोका विजयी भइसकेका छन् । अन्य २६ स्थानमा माओवादी केन्द्रका उम्मेदवारको अग्रता छ ।