अमेरिकामा एसाइलम अस्वीकृति दर बढेर ६१.८ प्रतिशत


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

अमेरिकामा आर्थिक बर्ष २०१७ मा एसाइलम अस्वीकृति दर बढेर ६१.८ प्रतिशत पुगेको छ । जबकी पाँचबर्ष अगाडि अमेरिकामा एसाइलम अस्वीकृति दर जम्मा ४४ दशमलव ५ प्रतिशत थियो । यो अमेरिकाको इमिग्रेशन अदालतको एसाइलम अस्वीकृति दर हो ।

पाँचबर्ष अगाडि इमिग्रेशन अदालतमा आएका एसाइलमका मुद्दाहरु अधिकांश स्वीकृत हुने गरेकोमा अहिले अधिकांश अस्वीकृत हुने गरेको देखिएको छ । त्यस्तै आर्थिक बर्ष २०१७ मा अत्याधिक एसाइलमका मुद्दाहरुको फैसला गरिएको छ । २०१६ मा २२ हजार ३ सय १२ मुद्दा फैसला गरिएकोमा २०१७ मा ३० हजार १ सय ७९ मुद्दा फैसला गरिएको छ । कुनै एक बर्षमा यति धेरै एसाइलमका मुद्दा फैसला गरिएको सन् २००५ पछि यो नै पहिलो पटक हो ।

विगत पाँच बर्षको अवधि हेर्दा सबैभन्दा धेरै एसाइलम अस्वीकृति दर जमैकाको रहेको छ । उनीहरुको ९१ दशमलव ४ प्रतिशत एसाइलमका मुद्दा अस्वीकृत गरिएको छ । सबैभन्दा कम एसाइलमका मुद्दा भने शोभियत युनियनका नागरिकको गरिएको छ । उनीहरुको ९ दशमलव ५ प्रतिशतमात्र एसाइलमका मुद्दाहरु अस्वीकृत गरिएको छ ।

नेपालीका एसाइलमका मुद्दा अस्वीकृति दर भने २५ दशमलव १ प्रतिशत रहेको छ । अर्थात् नेपालीका एसाइलमका मुद्दाहरु झण्डै ७५ प्रतिशत नै स्वीकृत हुने गरेका छन् । सन् २०१२ देखि सन् २०१७ सम्मको अवधिमा नेपालीका २७ सय २२ वटा एसाइलमका मुद्दा अमेरिकाको अध्यागमन अदालतले फैसला गरिसकेको छ । जसमध्ये २५६६ वटा मुद्दा प्रतिनिधि राखिएका मुद्दाहरु थिए भने १५६ वटा मुद्दा प्रतिनिधि नराखिएका मुद्दाहरु थिए । कुल २७ सय २२ मुद्दामध्ये २ हजार ३८ नेपालीका एसाइलमका मुद्दाहरु स्वीकृत भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com