डडेलधुरामा देउवालाई सुरुअाती अग्रता
प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार
२२ मंसिर, काठमाडौं । डडेलधुरामा मतगणना सुरु भएको छ । प्रारम्भिक परिणाम अनुसार कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

उनले ४०६ मत पाएका छन् । वाम गठबन्धनका उम्मेदवार खगराज भट्टले ३६८ मतका साथ देउवालाई पछ्याइरहेका छन् ।
प्रदेशतर्फ भने मिश्रित छ । ‘क’मा एमालेका पठान सिंह बोहोरोल १०९१ मत पाउँदा कांग्रेसका रघुवर भट्टले ५०० मत पाएका छन् । तर, खमा कांग्रेसका कर्णबहादुर मल्ल अगाडि छन् । उनले १०१५ मत पाउँदा एमालेका ४५९ मत पाएका छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






