कोइरालाको विरासतमा वाम गठबन्धनको अग्रता


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

मंसिर २२, २०७४-प्रतिनिधि र प्रदेशसभाको सपन्न निर्वाचनको मतगणना विराटनगरस्थित आदर्श विद्यालयमा शुक्रबार बिहान १० वजेबाट भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरुको सहमतिमा पहिले प्रतिनिधिसभाको मतगणना सुरु गरेको हो । कोइरालाको विरासत मोरङको ६ वटै प्रतिनिधिसभा क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएको छ ।

६ वटै क्षेत्रको ३/३ गरी १८ ठाउँबाट सिसी क्यामेराको निगरानीमा तारजाली लगाएर मतगणना भइरहेको छ । प्रतिनिधिसभाको मतगणना सम्पन्न भएपछि प्रदेशसभाको गणना गरिने मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए ।

सबैको आकर्षणको केन्द्र र कांग्रेसको गढ मानिएको मोरङको क्षेत्र ६ को प्रतिनिधिसभा सदस्य वाम गठबन्धनबाट एमालेको उम्मेदबार लालबाबु पण्डितले १० हजार २ सय ९७ मत ल्याएर अग्रता लिएको छ भने उनलाई कांग्रेसका डा. शेखर कोइरालाले ८ हजार ८ सय ३१ मत ल्याएर पछ्याइरहेको छ । कोइरालाभन्दा पण्डितले १ हजार ४ सय ६६ मतको अन्तर कायम गरेका छन् ।

थारु बाहुल्य र फोरम लोकतान्त्रिक समाहित भएपछि कांग्रेसको सुरक्षित क्षेत्र ४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले कांग्रेसका महेश आचार्यभन्दा २ हजार ४२ मत अन्तरले अग्रता लिएका छन् । मोदीले ७ हजार ८४ र आचार्यले ५ हजार ४२ मत ल्याएका छन् ।

क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका मिनेन्द्र रिजाललाई एमालेका ऋषिकेश पोख्रेलले ४ सय ३९ मतले पछाडी पारेका छन् । पोख्रेलले ७ हजार १ सय ४६ र रिजालले ६ हजार ७ सय ७ मत ल्याएका छन् ।

कम्युनिष्टको गढ मानिएको क्षेत्र ३ मा प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार भानुभक्त ढकालले कांग्रेसका डा. सुनिलकुमार शर्मा भन्दा ७ सय ६३ मत मात्रै बढी ल्याएर अग्रता लिएका छन् । ढकालले १३ हजार ३ सय ४१ र शर्माले १२ हजार ५ सय ७८ मत ल्याएका हुन् ।

मधेसी बाहुल्य रहेको क्षेत्र ५ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले १ हजार ५ सय २० मत ल्याएर अग्रता लिएको छ भने उनलाई कांग्रेसका अमृत अर्यालले १ हजार ३ सय ६५ र संघीय समाजवादी फोरम, नेपालका राजकुमार यादवले १ हजार ३५ मत ल्याएर पछ्याइरहेका छन् ।

क्षेत्र १ मा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका उम्मेदबार घनश्याम खतिवडाले ९ हजार ७ सय ८६ मत ल्याएर अग्रता लिएको छ भने उनलाई कांग्रेसका महेश आचार्यले ८ हजार ९ ८४ मत ल्याएर पछ्याइरहेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com