स्याङ्जामा वाम गठबन्धनद्वारा आन्दोलन, प्रहरीद्वारा लाठी चार्ज


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

मंसिर २२, २०७४-  बिहीबार सम्पन्न सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको दिन क्षेत्र नम्बर दुईमा वाम गठबन्धनका उम्मेदवार पदमा अर्याल माथि भएको हातपात र हिंसा विरुद्ध प्रहरी, प्रशासन मौन रहेको भन्दै वाम गठबन्धनले दोषीलाई पक्राउ गर्न माग गरेको छ ।

क्षेत्र नम्बर दुईमा कांग्रेसद्वारा कब्जा भएका ५ वटा बुथहरुमा पुन: मतदानको माग राख्दै हिंसा, हातपात गर्नेलाई प्रहरीले तत्काल पक्राउ गर्नुपर्ने र कारबाही गर्नुपर्ने माग राख्दै जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन, मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको भवन अगाडि वाम गठबन्धनले आन्दोलन गरेको छ । जिल्लाले पठाएको नेतृत्व मात्र नभई महिला पनि भएकाले उनी माथि भएको हिंसा असय हुने भन्दै वाम गठबन्धनले आन्दोलन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी महेश आचार्यको कक्षमा वाम गठबन्धनका जिल्ला स्तरीय नेता, सुरक्षा निकायका प्रमुखहरुको छलफल चलिरहँदा पनि पहिले हिंसात्मक कार्य भएको प्रति प्रहरी प्रशासन मौन रहेको भन्दै यसलाई छिटो भन्दा छिटो अनुसन्धान गरी पक्राउ गर्न आग्रह गरेका थिए । उम्मेदवार पदमा अर्यालले सिंगो प्रशासन नै राज्यको नभई कांग्रेसको कमाण्डमा रहेको हुदाँ आफूले अपेक्षा गरे अनुसार प्रहरी प्रशासनबाट न्यायको अनुभुति नपाएको भन्दै प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयले राखेको कुनै पनि वैठकमा समावेश नहुने, मतगणना गर्न नपाइने र कव्जा भएका बुथहरुमा पुन: मतदान हुनुपर्ने माग राखेकी थिइन ।

क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवार पदमा अर्यालमाथी हातपात गर्ने व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने र बुथ कव्जा भएको स्थानमा पुन: मतदान गर्नुपर्ने माग राख्दै आन्दोलन गरेका थिए । तस्बिर प्रतिक्षा काफ्ले/कान्तिपुर ।

माओवादी केन्द्रका जिल्ला इन्जार्च एवं वाम गठबन्धनका निर्वाचन प्रचारप्रसार संयोजक समेत रहेका शैलेन्द्र घिमिरेले महिला माथि भएको हिंसाको कुरा नटुङगिएसम्म आफ्नो आन्दोलन जारी रहने बताएका थिए । चापाकोट नगरपालिका–४ स्थित राममन्दिर माविमा भएको अर्यालमाथिको हिंसा ज्यादती भएको भन्दै जो कोही भएपनि कारबाहीमा ल्याउनैपर्ने उनीहरुको माग थियो । तीन वटा घेरामा राखिएको सुरक्षा व्यवस्था भएतापनि आफूमाथि हातपात हुँदा जनपथ प्रहरीले हेरिरहे पनि शसस्त्र र नेपाल आर्मी पनि मौन रहेको उम्मेदवार अर्यालले बताइन ।

प्रमुख जिल्ला अधिकारी महेश आचार्य, जिल्ला प्रहरी प्रमुख एसपि प्रदिप श्रेष्ठ, मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारी नेपाली कांग्रेसका पिए भएको आरोप लगाएका थिए । उनीहरुले सबैको साझा व्यक्ति बन्न पनि छलफलमा आग्रह गरेका थिए । प्रजिअ आचार्यले कांग्रेसद्धारा पनि एमालेले बुथ कव्जा गरेको छ भन्दै निवेदन दिएको जानकारी गराउनु भएको थियो ।

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवैले प्रजिअ सामु बुथ कव्जा गरिएको छ भन्दै निवेदन दिएका छन् । आन्दोलनमा एमालेका नेता कृष्ण खाँड खाइते भएका छन् । उनलाई टाउको र हात खुट्टामा चोट लागेको छ । आन्दोलनलाई रोक्न नसकेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । सुरक्षाकर्मीद्धारा सुरक्षामा कडाई गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com