गोरखा २ मा बाबुरामको अग्रता, मतगणना स्थगित


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ ।मुचोकको चतुरमाला माध्यामिक विद्यालयको केन्द्रमा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित भएको हो । मुचुल्कामा भन्दा ४४ मत बढी भेटिएपछि लोकतान्त्रिक गठबन्धनले बिरोध जनाएको थियो । यो क्षेत्रमा माओवादीका नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईवीच प्रतिस्पर्धा छ ।

२२ हजार ५ सय ६८ मत गणना गर्दा भट्टराईले ११ हजार ३ सय ३९ मत ल्याएका छन् भने श्रेष्ठले ९ हजार ७ सय ४९ मत पाएका छन् । कडा सुरक्षा घेरा भित्र मतगणना चलिरहेको छ । मतगणना स्थल बाहिर दुवै नेताको शुभेच्छुक र कार्यकर्ताको बाक्लो भिड लागेको छ । ६० हजार १ सय ९ मत खसेकोमा करिब एक तिहाई मत गणना सकिएको छ ।

नम्बर १ मा वाम गठबन्धनका हरिराज अधिकारीले ६३५८ मत र कांग्रेस उमेद्वार चीनकाजी श्रेष्ठले ५४०६ मत पाएका छन् । क्षेत्र नम्बर १ को प्रदेश क र ख मा वाम गठबन्धनकै उम्मेदवारको अग्रता छ । दुईमा लोकतान्त्रिक गठबन्धन कांग्रेस नयाँ शक्तिका उम्मेदवारको अग्रता छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com