६ हजारको मतान्तरले पराजित गर्दै शानदार जीत


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

काठमाडौं । ताप्लेजुङको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

प्रतिनिधि सभा सदस्यतर्फ पहिलो चरणमा गत मंसिर १० गते भएको निर्वाचनको बिहिवार २१ गतेबाट शुरु भएकव मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवारलाई ६ हजारको मतान्तरले पराजित गर्दै उनी पहिलो पटक प्रतिनिधि सभाको सांसद् बनेका हुन् ।

प्रमुख जिल्ला अधिकारी कृपासुर कार्कीका अनुसार काँग्रेस उम्मेदवारको १० हजार १ सय ३३ मत आउँदा एमालेका योगेशले १६ हजार १ सय ३३ मत ल्याएका छन् ।

उनी दुई पटक काठमाडौंबाट सांसदका उमेद्वार भएपनि निर्वाचित हुन सकेका थिएनन। आफ्नै गृहजिल्लामा गएर उनले यो पटक सांसद भएका छन्। आफ्नै गृहजिल्लाले उनलाई सांसद बनाएर पार्टी र देशकै भावी नेताको रुपमा अनुमोदन गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com