काठमाडौं १ मा प्रकाशमानको अग्रता, रविन्द्र मिश्र दोस्रो


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

२२ मंसिर, काठमाडौं । सर्वाधिक चासोमा रहेको काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको सुरुवाती परिणाम आएको छ । शुरुवाती चरणमा कांग्रेस नेता प्रकाशमानसिंहले अग्रता लिएका छन् भने विवेकशील साझाका रविन्द्र मिश्रले सिंहलाई पछ्याइरहेका छन् ।

कांग्रेस नेता सिंहले ९३६ मत ल्याउँदा रविन्द्र मिश्रको ६७० मत आएको छ । दुईवीचको मतान्तर २६६ रहेको छ ।

वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले २३५ मत पाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com