मोबाइल सेवामा दैनिक दस हजार नयाँ ग्राहक


प्रकाशित मिति : आश्विन ५, २०७३ बुधबार

दूरसञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको मोबाइल सेवामा नेपाली जनताको पहुँच द्रुततर बन्दै गएको छ । दूरसञ्चार क्षेत्रको नियमन निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हरेक दिन मोबाइल सेवामा दस हजार नयाँ ग्राहक थपिन्छन् ।

प्राधिकरणले जेठ महिनासम्म सार्वजनिक गरेको दूरसञ्चारसम्बन्धी प्रतिवेदनअनुसार पछिल्लो पाँच महिनामा हरेक दिन औसत सो सङ्ख्या बराबर मोबाइल सेवाको पहुँच थपिँदै गएको पाइएको हो । तथ्याङ्क अनुसार गत माघदेखि जेठ महिनासम्म हरेक महिना औसत तीन लाखभन्दा बढी ग्राहक थपिँदै गएका छन् ।
अहिले मोबाइल सेवाको पहुँच नेपालको कुल जनसङ्ख्याभन्दा निकै बढी पुगेको छ । प्रतिवेदनअनुसार दुई करोड ९४ लाख १९ हजारमा मोबाइल सेवाको पहुँच पुगेको छ । त्यसमध्य सीडीएमए मोबाइल प्रयोगकर्ताको सङ्ख्या १४ लाखभन्दा केही बढी रहेको छ । बाँकी सबै ग्लोबल सिस्टम फर मोबाइल (जीएसमए)को रहेको छ ।

एकै व्यक्तिले एकभन्दा बढी सिमको प्रयोग गर्ने प्रवृत्ति रहेकाले पनि मोबाइल सेवाको पहुँच सङ्ख्या बढी देखिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य बताउँछन् । ‘एउटै मोबाइलमा दुईवटा सिम प्रयोग गर्न सकिने भएकाले पनि सङ्ख्या बढ्दै गएको हो,’ उनको भनाइ छ ।

हाल नेपालमा तीनवटा दूरसञ्चार सेवा प्रदायकले मोबाइल सेवा उपलब्ध गराइरहेका छन् । नेपाल टेलिकमले जीएसएम र सीडीएमए दुवै तथा एनसेल र स्मार्ट टेलिकमले जीएसएममा आधारित मोबाइल सेवा प्रदान गर्दै आएका छन् । जसमध्ये पछिल्लो तथ्याङ्क अनुसार सीडीएमए र जीएसमए गरी टेलिकमका एक करोड ४८ लाख, एनसेलका एक करोड ४० लाख र स्मार्ट टेलिकमका करिब १४ लाख मोबाइल प्रयोगकर्ता छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेवा प्रदायकले आफ्नो नेटवर्क विस्तारलाई पछिल्लो समय प्राथमिकता दिएकाले पनि सिम खरिद गर्ने ग्राहक बढेको एनसेलका कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्माको भनाइ छ । ‘जनसङ्ख्याभन्दा बढी पहुँच देखिएको भए पनि सबै ठाउँमा मोबाइल सेवाको पहुँच अझै पुगिसकेको छैन,’ उनले भने, ‘यस्ता ठाउँमा पछिल्लो समय नेटवर्क विस्तार हुँदै गएकाले पनि मोबाइल सेवामा पहुँच बढेको हो ।’ परिवारमा मोबाइल सेटको पहुँच बढ्दै जाँदा पनि सिमको प्रयोग बढेको उनको बुझाइ छ ।

प्राधिकरणले प्रस्तुत गरेको तथ्याङ्कमा सिम प्रयोगकर्ताको सङ्ख्यालाई आधार मानिने भएकाले पनि जनसङ्ख्याभन्दा बढी पहुँच देखिएको हो । एउटै व्यक्तिले दुईवटा सिम प्रयोग गरेको अवस्थामा उसको गणना पनि दुईवटा व्यक्तिका रूपमा हुने गर्छ । नेपालमा मोबाइलको भ्वाइस सेवाको पहुँच भने अझै पनि तथ्याङ्कले भनेजस्तै नभएको एनसेलका शर्माको भनाइ छ ।

‘भ्वाइस सेवामा हेर्ने हो भने बढीमा ८० प्रतिशत व्यक्ति मात्र पहुँचमा पुगेको अनुमान गर्न सकिन्छ,’ उनी भन्छन्, ‘बाँकी सङ्ख्यामा अझै मोबाइल सेवा नपुगेको गोरखापत्रमा खबर छ । विश्वभरका आठ सयभन्दा बढी जीएसएम सेवा प्रदायकलाई नेटवर्किङ सुविधा प्रदान गर्दै आएको जीएसएम एसोसिएसन (जीएसएमए) को अध्ययन अनुसार जनसङ्ख्याको एक सय ६० प्रतिशतसम्मको पहुँचलाई शतप्रतिशत पहुँच (स्याचुरेसन) पुगेको अवस्था मान्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com