गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईको अग्रता कायम छ । सुरुमा अग्रता झिनो रहेपनि अहिले भने फराकिलो बन्दै गएको छ ।
पछिल्लो निर्वाचन परिणामअनुसार बाबुरामले नारायणकाजी श्रेष्ठलाई करीव ११ सय मतले पछि पारेका छन् ।
बाबुरामले ६ हजार ५३४ मत पाउँदा नारायणकाजीको ५ हजार ३९९ मत छ । गोरखाको मत परिणामलाई धेरैले चासोका साथ हेरिरहेका छन् ।
गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हरि अधिकारी अगाडि छन् । उनले ४ हजार ९३४ र कांग्रेसका चिनकाजी श्रेष्ठले ४ हजार ४७२ मत पाएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।