काठमाडौंका आधा दर्जन स्कूलमा आज विहानै बम


प्रकाशित मिति : आश्विन ४, २०७३ मंगलबार

बिद्यालयलाई लक्षित गरी काठमाडौंमा मंगलवार विहान बम विस्फोट गराइएको छ । काठमाडौं दक्षिण ढोकास्थित आकाशदीप र मनकामना स्कूललाई लक्षित गरी बम विस्फोट गराइएको छ । आकाशदीप र मनकामना स्कुलको मुख्यद्धारमै विस्फोट गराइएको प्रहरीले जनाएको छ । तर मानवीय क्षति भने भएको छैन ।
ललितपुरको रेडियन्ट रिडर्स एकेडेमीको अगाडी प्रेसर कुकर बम फेला परेको ललितपुर प्रहरी प्रमुख पिताम्बर अधिकारीले जानकारी दिए । अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्कृय पार्ने प्रयास गरिरहेको छ ।
जोरपाटीमा रहेको राई स्कूल, माउन्ट युराल, इस्टपोल, लामा पेट्रोल पम्प र स्वयम्भूको एकठाउँमा बम फेला परेको प्रहरीले जानकारी दिए । त्यसैगरी काठमाडौका कपन र बौद्धमा पनि शंकास्पद बस्तु फेला परेको छ । बम राखेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बम बिहान ३ बजेर ४५ मिनेटदेखि ४ बजेको बीचमा विस्फोट गरिएको हो । विस्फोटबाट विद्यालयको भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com