कर्णेल लामा आज नेपाल फिर्ने


प्रकाशित मिति : आश्विन ४, २०७३ मंगलबार

नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतमा ३ वर्ष ९ महिना लामो यातना सम्बन्धि मुद्दाबाट मुक्त भएपछि मंगलबार नेपाल फिर्ने भएका छन्। सोमबार लण्डनबाट उडेका लामा मंगलबार काठमाडौं ओर्लने छन्। बेलायती अदालतले गत भदौ २१ मा उनलाई सफाई दिएको थियो।

नेपाल सरकारले तुरुन्त फिर्न आदेश दिएपछि उनी नेपाल फिर्न लागेका हुन्। उनीसँग एमआरपी नभएकाले बेलायतस्थित नेपाली दूतावासले आवश्यक कागजपत्र मिलाइदिएको छ। २०६९ पुस १९ मा परिवार भेट्न बेलायत पुगेका लामालाई पक्राऊ गरिएको थियो। पक्राऊपछि मुद्दा चलिरहेको भन्दै उनलाई बेलायत छोड्न रोक लगाइएको थियो। तर, अदालतले आवश्यक प्रमाण नपुगेको भन्दै सफाई दिएको छ।

लामा बेलायतको आवसीय अधिकार (आईएलआर) त्यागेर नेपाल फर्किएका छन् । बेलायतमा आफूमाथिका यातनासम्बन्धी मुद्दामा सफाइ पाएलगत्तै लामा त्यहाँको पिआर त्यागेर आइतबार नेपाल फर्किएको लन्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

लामाले गत साता आफ्नो पीआर रद्द गरिदिन दूतावासमा निवेदन दिएका थिए । दूतावासले लामाको निवेदनबमोजिम होम अफिस (गृह मन्त्रालय) लाई पिआर भिजा रद्द गरिदिन आग्रह गरेकोमा होम अफिसले प्रक्रिया अगाडि बढाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com