सिराहमा उम्मेदवारको गाडीमा बम विस्फोट


प्रकाशित मिति : मंसिर १४, २०७४ बिहीबार

मंसिर १४ सिरहा, बिहीबार साँझ सिरहामा भिन्नभिन्न स्थानमा रहेका दुई जना उम्मेदवारलाई लक्षित गरी अज्ञात समूहले बम विस्फोट गराएको छ। सिरहा क्षेत्र नम्बर १ का संघीय समाजवादी फोरमका प्रतिनिधिसभा सदस्य उम्मेदवार राजलाल यादव सवार गाडीमा बम विस्फोट भएको हो।
इलाका प्रहरी कार्यालय लाहनाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीका अनुसार सिरहाको भगवानपुर गाउँपालिका ३ मा उम्मेदवार राजलाल सवार गाडीमा बम विस्फोट भएको हो। विस्फोटमा गाडीको सिसा फुटेको छ भने कुनै मानवीय क्षति भने भएको छैन। उक्त गाडीमा राजलालसहित चार जना सहभागी थिए।
त्यस्तै वाम गठबन्धन सिरहा क्षेत्र नम्बर २ का उम्मेदवार सुरेशचन्द्र यादवको घर नजिकै समेत बम विस्फोट छ। औरही गाउँपालिका ५ मा रहेको उम्मेदवार यादवको घर पछाडि शक्तिशाली बम विस्फोट भएको हो। बम विस्फोटपछि उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। दुवै घटनाको अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com