सकियो ४५ दिने घोषणा : भूकम्पपीडितले पाएनन् अनुदान


प्रकाशित मिति : आश्विन ४, २०७३ मंगलबार

सरकारले घोषणा गरेको ४५ दिने अवधीमा करिब ३० प्रतिशत भूकम्प पीडितले अनुदानको पहिलो किस्ता रकम पाउन सकेनन् । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल आएलगत्तै साउन २० गते ४५ दिनभित्र सबै भूकम्प पीडितलाई अनुदानको पहिलो किस्ताको ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।

घोषणाको अबधी गत सोमबार सकियो । तर, उक्त दिनसम्म उपत्यका बाहिरका ११ जिल्लाका करिब ३० प्रतिशत परिवारले किस्ता पाउन नसकेका कान्तिपुरमा खबर छ । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय केन्द्रीय आयोजनाले उपलब्ध गराएको तथ्याङक अनुसार करिब १६ प्रतिशत परिवारसंग त सरकारले सम्झौतानै गर्न सकेको छैन ।

‘जति काम भयो यसलाई हामीले उत्साहजनक रुपमा लिएका छौ,’ पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शुशिल ज्ञावलीले भने, ‘कानुनी र केहि प्राबिधिक कठिनाईका कारण सबै पीडितलाई अनुदान वितरण गर्न नसकिएको हो । त्यसको सामधान क्रमश: गर्दै जानेछौ ।’

तथ्याङक अनुसार उपत्यका बाहिर ५ लाख ३३ हजार परिवारले अनुदानको पहिलो किस्ता पाउनुपर्ने हो । यसमध्ये ४ लाख ४७ हजार ३ सय ५९ परिवारसंग मात्रै अनुदान सम्झौता भयो । सम्झौता भएमध्ये ३ लाख ७५ हजार ७ सय १५ परिवारले मात्रै अनुदान पाउन सफल भए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com