पाँच वर्षमा एक लाख मानिसलाई कुकुरले टोक्यो


प्रकाशित मिति : आश्विन ४, २०७३ मंगलबार

राजधानीमा कुकुरले टोकेका बिरामीको सङ्ख्या आश्चर्यजनक छ । टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालमा मात्र विगत पाँच वर्षको अवधिमा एक लाखभन्दा बढी मानिस कुकुरले टोकेर उपचार गर्न आएका छन् ।

अस्पतालका अनुसार २०६८ सालदेखि ०७२ सम्म एक लाख एक हजार ९०३ जनालाई रेविजविरुद्धको भ्याक्सिन लगाइएको छ । निजी अस्पताल र क्लिनिकमा उपचार गराउनेको सङ्ख्या छुट्टै छ ।

२०६८ सालमा मात्र १४ हजार १५६ जना बिरामी एन्टिरेविज भ्याक्सिन लगाउन आएका थिए । यस्तै २०६९ मा १५ हजार ८४७ जनाले भ्याक्सिन लगाएका छन् । अस्पतालका चिकित्सक शेरबहादुर पुनका अनुसार यो सङ्ख्या घरपालुवा कुकुरले भन्दा भुस्याहा कुकुरले टोकेर भ्याक्सिन लगाउन आउने व्यक्तिको हो ।

पुनले २०७० सालमा २०६९ भन्दा बढेर १८ हजार चार पुगेको जानकारी दिए । यसैगरी २०७१ मा अघिल्लो वर्षको तुलनामा छ हजारले बढेर उक्त सङ्ख्या २४ हजार दुई सय ३४ मा पुगेको छ । २०७२ मा भने भुस्याहा कुकुरले टोकेका पीडित २१ हजार ४३४ रहेको छ । डा. पुनका अनुसार २०७३ वैशाखदेखि साउनसम्ममा आठ हजार २२८ जनालाई भुस्याहा कुकुरले टोकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डा. पुनका अनुसार हाल शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक सय जनाभन्दा बढी व्यक्ति कुकुरले टोकेर उपचारका लागि आउने गरेका गोरखापत्रमा खबर छ । भुस्याहा कुकुरको सङ्ख्या बढ्न नदिन काठमाडौँ महानगरपालिकाले बन्ध्याकरण (स्थायी परिवार नियोजन) अभियान सुरु गरे पनि कुकुरले टोकेका व्यक्तिको सङ्ख्या कम हुन नसकेको डा. पुनको भनाइ छ ।

पुनका अनुसार साउन महिनामा मात्र एक हजार ९३१ जनाले एन्टिरेविज भ्याक्सिन लगाएका छन् । अस्पतालमा सयभन्दा बढी व्यक्ति कुकुरको टोकाइबाट आउने गरेको जानकारी दिँदै पुनले भने, ;ती सबैलाई भ्याक्सिन लगाउनुपर्ने अवस्था हुँदैन ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com