ओलीले बोल्नै लाग्दा लगनखेलमा बम विष्फोट


प्रकाशित मिति : मंसिर १२, २०७४ मंगलबार

ललितपुर, १२ मंसिर । वाम गठबन्धनबाट ललितपुरको लगनखेलमा आयोजित सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोल्नै लाग्दा सभास्थल नजिकै बम विष्फोट भएको छ ।

लगनखेल बसपार्कमा आयोजित सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्न लाग्दा नजिकै बम विष्फोट भएको हो ।

कार्यक्रम स्थलबाट करिब तीन सय मिटरमा खुला जमिनमा विष्फोट भएको छ । लगनखेलस्थित नमुना मछिन्द्र स्कूलकै आडमा बम विष्फोट भएको छ ।

विष्फोटबाट स्कूलका झ्यालका सिसा फुटेका छन् । बम विष्फोटबाट मानवीय क्षति भने भएको छैन । सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेपनि बम विष्फोट भएको छ । कोही पक्राउ परेका छैनन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com