संबिधान दिवस : सत्तापक्ष, प्रतिपक्ष र मधेसीले यसरी मनाए


प्रकाशित मिति : ३ आश्विन २०७३, सोमबार

सरकारले यसरी मनायो

नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा सरकारले विशेष समारोह आयोजना गरेको । संविधानसभामार्फत एकवर्ष अघि आजकै दिन संविधान जारी भएको थियो । संविधान दिवस मूल समारोह समितिद्वारा नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित समरोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थिीत भइन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीगण, सांसदहरु, तीनवटै सुरक्षा निकायका प्रमुख समारोहमा उपस्थिति थियो ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेललगायत विभिन्न राजनीतिक दलका नेताको पनि सो समारोहमा उपस्थिति थियो । राष्ट्रपति भण्डारी समारोहस्थल उपस्थित हुँदा उनको सम्मानमा नेपाली सेनाले सम्मान गारथ अर्पण गरेको थियो । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रम दाहाल र गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए । नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि तथा संविधान दिवस–२०७३ लेखिएको ब्यानर समारोहमा प्रदर्शन गरेको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपत्यकाका तीनवटै जिल्लाका जिविस तथा नगरपालिकाले सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्का खेलाडीले देखाएको कला कौशल समारोहस्थल आकर्षण बनेको थियो । करिब दुई घन्टा अवधिको सो कार्यक्रममा तीनवटै सुरक्षा निकायले राष्ट्रिय भावनाले ओतप्रोत भएका सङ्गीत तथा नृत्यसमेत प्रदर्शन भएको थियो । संविधान दिवसका अवसरमा आज देशभर सार्वजनिक बिदासमेत दिइएको छ । आज विदेशमा रहेका नेपालीले पनि संविधान दिवस विविध कार्यक्रम आयोजना गर्दै मनाउँदै छन् ।

प्रतिपक्षको बेग्लै कार्यक्रम

प्रतिपक्ष एमालेले संबिधान दिवसको दिन बेग्लै कार्यक्रम गरेर मनाएको छ । काठमाडौं बसन्तपुरमा एमालेले विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी ओली लगाएत शिर्ष नेताहरुले सम्बोधन गरेका थिए । ओलीले आफ्नो सरकारले स्थिरता कायम गरि चुनाव तथा विकासका कामका कार्यतालिका सार्वजनिक गरेको बेलामा अरुको लोभमा परि सरकार ढालिएको आरोप लगाएका छन् । संविधान दिवसको अवसरमा एमालेले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले दाहाल सरकार हरियो घाँस देखेर लोभिएको पाठोजस्तो भएको बताए । उनले भने, स्थिरता र विकासमा जान लागेको बेलामा लोभी पाठो खोजेर हरियो घाँस हाले । पाठोले देब्रे हातको घाँस देख्यो तर दाहिने हातको खुकुरी देखेन र घाँसको पछि पछि लाग्यो ।

त्यस्तो लोभले आफ्नो कार्यतालिका भत्किएको उनले दाबी गरे । यो सरकार बन्नेबित्तिकै छिमेकी देशमा गएर नेपाली जनताको भावना विपरित काम गरेको उनले आरोप लगाए । प्रधानमन्त्री बनेको भोलिपल्टै नाकाबन्दी कायम राख्न सकिएन भनेर विशेष दुत पठाएको हो रुु उनले प्रश्न गरे । ओलीले नेपालको संविधानको बारेमा भारतले चलाएको क्याम्पियनमा प्रधानमन्त्री दाहालले ुहसु भनेर ल्याप्चे ठोकेर आएको बताए । संविधानको सर्वस्वीकार्यको विषयमा उनले नेपालको ९२ प्रतिशत प्रतिनिधिको सहमतिमा भएको बताए ।

कार्यक्रममा एमालेका उपाध्यक्ष बामदेव गौतमले कसैले भन्दैमा नेपाल नटुक्रिने उल्लेख गर्दै संविधानको रक्षाको लागि नेपाली जनता लड्न तयार भएको बताए । सरकार परिवर्तनाबारे बामदेवको भनाई थियो, ‘सरकाको कमजोरी कहीँ थिएन, प्रचण्ड कमजोर बिन्दु थिए, त्यही प्रहार गरेर सरकार ढालिएको हो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

oli

मधेशीको सांकेतिक ‘शव’ प्रदर्शन

संघीय गठबन्धनले सोमबार राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ । रत्नपार्कको शान्तिबाटिका तथा माइतीघर मन्डलामा भेला भएका मधेसी मोर्चासहित गठबन्धनमा रहेका विभिन्न समूहले कालोझन्डा प्रदर्शन गर्दै संविधान दिवसको विरोध गरेका हुन् । उनीहरुले विरोधसभासमेत गरेका थिए ।

संविधान मधेश विरोधी रहेको भन्दै विरोध गर्दै आएका युवाहरुले काठमाडौंमा मधेशीहरुको सांकेतिक शव प्रदर्शन गरेका छन् । संविधान जारी भएको दिनको सम्झनामा आन्दोलनका क्रममा मधेशीहरुको हत्या गरिएको संकेतको रुपमा सांकेतिक शवहरु प्रदर्शन गरिएको छ । मधेशी समाजले काठमाडौंको माइती घर मण्डलामा बनाएर प्रदर्शन गरेको छ ।

कार्यक्रममा विश्लेषक सीके लालले नेपालको मृत संविधान धेरै दिन टिक्न नसक्ने बताएका थिए । मधेसी मोर्चा र संघिय गठबन्धनले काठमाडौं सहित मधेसका जिल्लाहरुमा कालो दिनका रुपमा आज विरोधका कार्यक्रमहरु आयोजना गरेका छन् ।

kalo-diwas

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com