४ बजेसम्म ६० प्रतिशत मतदान भयो- निर्वाचन आयोग
प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जारी पहिलो चरणको निर्वाचनमा ४ बजेसम्म ६० प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
आज ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, ४ बजेसम्ममा औषतमा ६० प्रतिशत भन्दा बढी मतदान भएको छ।
प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा मतदान भइरहेको छ।
आज बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य बेलुका ५ बजेसम्म जारी रहनेछ। बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ।