कतै उत्साहजनक, कतै त्रास नै त्रासमा मतदान, बझाङमा ५२ हजार मत खस्यो


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

बझाङ, १० मंसिर ।  आज भएको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा मतदाताहरुको उपस्थिती केहि स्थानमा उत्साहजनक भएपनि केही मतदान केन्द्रमा विवाद झड्प भएका छन् । बझाङमा दिउँसो तीन बजेसम्ममा झण्डै ५२ हजार मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयले ५० प्रतिशत अथवा झण्डै ५२ हजार मत खसिसकेको जानकारी गराएको हो । बझाङमा एक लाख ४ हजार ७ सय ७५ जना मतदाता रहेको छन् ।

जिल्ला निर्वाचन अधिकारी धुव्र कुमार भण्डारीका अनुसार विहान जाडोका कारण मतदाता कम आएपनि अहिले बढेका छन् । जिल्लाका १ सय ६० मतदान केन्द्रमा अहिले शान्तिपूर्ण वातावरणमा मतदान भैरहेको बताउनुभयो ।
चार ठाउँमा बम विस्फोट
बझाङका ४ वटा मतदान केन्द्रमा बम विस्फोट भएको छ । छबीसपाथीभेरा गाउँपालिका ४ मा रहेको जनता आधारभुत विद्यालय बागमाडु मतदान केन्द्र भन्दा ४ सय मिटर पर अज्ञात समुहले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
यस्तै छविस पाथीभेरा गाउँपालिका ५ थलारा निमावि व्यासीको मतदान केन्द्र भन्दा १ किलो मिटर टाढा पर्ने जंगलमा पनि बम विष्फोट भएको छ । विभिन्न ठाउँमा विस्फोट भए पनि कुनै पनि क्षति भने नभएको प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com