एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा बम विष्फोट


प्रकाशित मिति : मंसिर ९, २०७४ शनिबार

झापा,९ मंसिर  / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा शनिवार बिहान करिब ४ बजे बम विष्फोट भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।

मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ । विष्फोटबाट गेटमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, नेपाली कांग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि बम विष्फोट भएको छ । विष्फोटबाट घरमा पार्किङ गरी राखिएको बा ७ च ६८९५ नं को बोलेरो जिप क्षति भएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com