ओलीले भने-कसैसँग भ्रष्ट्राचारी भन्ने तागत छ, म बहस गर्न तयार छु


प्रकाशित मिति : मंसिर ६, २०७४ बुधबार

६ मंसिर, बुटवल । एमाले अध्यक्ष केपी शर्मा अोलीले सबै नेतालार्इ भ्रष्ट्राचारीको सूचीमा नराख्न चेतावनी दिएका छन् । अाफूले कुनै भ्रष्ट्राचार गरेको प्रमाण पेस गर्न अोलीले चुनाैती समेत दिएका छन् ।

सबै नेता उस्तै हुन्छन् भन्दै नेताहरुलाई भ्रष्ट्राचारीको आरोप लगाइएको भन्दै अध्यक्ष ओलीले आफूलाई भ्रष्ट्रचारी भन्ने कसैको ताकग भए बहस गर्न तयार रहेको बताए ।

”सबै नेता उस्तै हुन, भ्रष्ट्राचारी छन् भन्छन्,’ ओलीले भने,’म गृहमन्त्री पनि भए, परराष्ट्रमन्त्री पनि भए, कसैसँग भ्रष्ट्राचारी भन्ने तागत भए म सार्वजनिक रुपमा बहस गर्न तयार छु ।”

एमाले-माओवादी गठबन्धन रुपन्देहीको बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै ओलीले अबको चुनावपछि वामपन्थीको सरकार गठन गरेर भ्रष्ट्राचारमुक्त देश बनाउने बताए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

भ्रष्ट्राचारलाई माथिबाटै निर्मूल पार्दै समृद्धि र विकाससँगै जनताको सरकार बनाउने बताए । ”अब वामपन्थीको सरकार बन्छ, भ्रष्ट्राचार तलबाट होइन माथिबाटैमुक्त हुन्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने,’अबको पाँच वर्षमा जनताको सरकार कस्तो हुन्छ भन्ने हामी देखाउँछौं ।’

यस्तै,कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले नेपालको बिकास र भविष्य वामको हातमा रहेको भन्दै दुई पार्टी एकता गर्न लागिएको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com