आज डिभी लोटरी भर्ने अन्तिम दिन, सम्भवत अन्तिम डिभी


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

सन् २०१९ का लागि डिभी लोटरी भर्ने आज अन्तिम दिन हो । अमेरिकाको पूर्वीय समय अनुशार नोभेम्बर २२ को मध्यान्हसम्ममात्र सन् २०१९ का लागि डिभी भर्न सकिनेछ । जुन नेपाली समय अनुशार बुधबार बेलुका पौने ११ बजेसम्म हो । सम्भवत यो नै अन्तिम डिभी लोटरी समेत हो ।

डिभीका नियममा यसबर्ष थप कुनै परिवर्तन नगरिएतापनि डिभी लोटरी भर्नका लागि अन्तिम समय सम्म नकुर्न अमेरिकी सरकारको विदेशमन्त्रालयले सुचित गरेको थियो । अन्तिम समयसम्म कुर्दा कम्प्युटर ओभरलोड भई ढिलाई हुने र आवेदन दर्ता नहुने सम्भावना समेत रहने भएकाले डिभी लोटरीका लागि अन्तिम समयसम्म नकुर्न सुचित गरिएको हो ।

सन् २०१९ का लागि भरिएको डिभी लोटरीको नतिजा सन् २०१८ को मे १ तारिखबाट आउन थाल्नेछ भने विजेताहरुले सन् २०१८ को अक्टोबर १ बाट भिसा प्राप्त गर्न थाल्नेछन् ।
आर्थिक बर्ष २०१८ भित्र संसदमा रहेको डिभी सम्बन्धि विधयेक पारित भएमा सन् २०१८ को अक्टोबर १ बाट डिभी लोटरी खारेज हुनेछ भने रोजगारमा आधारित ग्रिनकार्डको प्रकृया समाप्त भई प्वाइन्ट सिस्टम लागु हुनेछ । त्यस्तै अहिलेसम्म अमेरिकी नागरिकता प्राप्त गरिसकेकाहरुका दाजुभाई र दिदीबहिनीहरुले पाउदै आएको ग्रिनकार्डको नियम पनि खारेज गरिनेछ ।

अहिलेसम्मको इतिहासहेर्दा झण्डै ५० हजार नेपालीहरुलाई डिभी लोटरी परिसकेको छ । सन् २०१८ का लागि ४०९७ जना नेपालीहरुलाई डिभी लोटरी परेको छ । आर्थिक बर्ष २०१७ का लागि भने ४ हजार नेपालीहरुलाई डिभी परेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इतिहास हेर्दा सन् २००२ का लागि भरिएको डिभी चिठ्ठामा ७२९ जनालाई, सन् २००३ का लागि भरिएको डिभी चिठ्ठामा २३ सय २० जनालाई , सन् २००४ लागि भरिएको डिभी चिठ्ठामा ४२ सय ५९ जनालाई चिठ्ठा परेको थियो । सन् २००५ मा डिभी चिठ्ठा परेका जम्मा १५ सय ४५ नेपाली अमेरिका आएका थिए ।

त्यसैगरी सन् २००६ का लागि भरिएको डिभी चिठ्ठामा १९ सय ३४ जनालाई , सन् २००७ का लागि भरिएको डिभी चिठ्ठामा १५ सय २९ जनालाई, सन् २००८ का लागि भरिएको डिभी चिठ्ठामा २५ सय ६२ जनालाई, सन् २००९ का लागि भरिएको डिभी चिठ्ठामा १८९१ जनालाई , सन् २०१० का लागि भरिएको डिभी चिठ्ठामा २१ सय ३२ जनालाई र सन् २०११ का लागि भरिएको डिभी चिठ्ठामा २१८९ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो । सन् २०१२ का लागि भरिएको डिभी चिठ्ठाको नतिजा अन्तरगत जम्मा ३२ सय ५८ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो ।

त्यस्तै सन् २०१३ का लागि भरिएको डिभी चिठ्ठामा ४३७० नेपालीलाई यो चिठ्ठा परेको थियो भने सन् २०१४ का लागि भरिएको डिभी चिठ्ठामा ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१५ का लागि भरिएको डिभी चिठ्ठामा ४ हजार ९ सय ९१ जना छनौट भएका थिए । सन् २०१६ का लागि भरिएको डिभी चिठ्ठामा ३८ सय १ जना नेपाली छनौट भएका थिए ।

डिभी लोटरी, रोजगारमा आधारित ग्रिनकार्ड र दाजुभाई तथा दिदीबहिनीहरुले समेत पाउने पारिवारिक ग्रिनकार्डको नियम खारेज गर्ने विधयेक सन् २०१८ को अप्रिल अगाडि नै पारित हुने सम्भावना रहेको छ । सिनेटरहरु टम कटन र डेभिड पर्डयुले अमेरिकी सिनेटमा अध्यागमनबारेको यो विधयेक पेश गरिसकेका छन् । अमेरिकन इमिग्रेशन फर स्ट्रोंग इम्प्लोइमेन्ट नाम दिइएको यो विधयेक पारित भएमा अमेरिकाको इमिग्रेशन इतिहासमा शताब्दीकै ठूलो परिवर्तन हुनेछ ।

विधयेकमा मुख्यतया तीनवटा विषयहरु समेटिएका छन् । पहिलो, यो विधयेक पारित भएमा क्यानडा र अष्ट्रेलियाले अपनाएको जस्तै प्वाइन्ट सिस्टममा भाषा, शिक्षा र योग्यताका आधारमा ग्रिनकार्ड प्रदान गरिनेछ । यो प्रणालीले अमेरिकी अर्थतन्त्रमा योगदान दिनसक्नेलाई प्राथमिकता दिनेछ । आवेदकले शिक्षा, भाषा क्षमता, उच्च तलब पाउने जागिरको अफर, उमेर, अति दक्ष उपलब्धीको रेकर्ड लगायतका आधारमा प्वाइन्ट प्राप्त गर्नेछन् । निश्चित प्वाइन्ट प्राप्त गर्ने १ लाख ४० हजारले बर्षेनी यो ग्रिनकार्ड प्राप्त गर्नेछन् । यसरी प्वाइन्ट सिस्टमबाट रोजगारमा आधारित भिसा पाउनका लागि आवेदकले कम्तीमा ३० प्वाइन्ट प्राप्त गर्नुपर्नेछ ।

दोश्रो, यो विधयेक पारित भएमा अमेरिकी नागरिकताप्राप्त व्यक्तिका २१ बर्ष पुगेका छोराछोरी र दाजुभाईदिदीबहिनीले पाउने ग्रिनकार्डको कोटा खारेज गरिनेछ । तर दम्पत्ति र १८ बर्ष नपुगेका छोराछोरीका लागि भने ग्रिनकार्ड आवेदन दिन सकिनेछ । पहिलेजस्तो २१ बर्ष नपुगेकाहरु ग्रिनकार्डका लागि आवेदन दिन योग्य हुनेछैनन् । यो विधयेक पारित भएमा अमेरिकी नागरिकताप्राप्त व्यक्तिका बुबाआमाले समेत अमेरिकाको ग्रिनकार्ड आवेदन गर्न पाउने छैनन् । बरु उनीहरुका लागि हेरचाहको उद्देश्यका लागिमात्र रिन्यु गर्न मिल्ने खालको अस्थायी भिसाको व्यवस्था गरिनेछ । त्यस्तै आप्रवासी भिसामा अमेरिका आउन लागेका अमेरिकी नागरिकका हजुरबा तथा हजुरआमा यो विधयेक लागु भएको एकबर्ष्भित्र आउने तय भएको खण्डमा उनीहरु अब अमेरिका आउने पाउनेछैनन् ।

तेश्रो, हरेक बर्ष ५० हजार आप्रवासी अमेरिका भित्राउने डिभी लोटरी जालसाजीले भरिएको भन्दै यो कार्यक्रम बन्द हुनेछ । यो कार्यक्रमको कुनै मानवीय र आर्थिक लक्ष्य नभएको तथा डाइभर्सिटीको समेत प्रवद्र्धन नगरेको भन्दै यो कार्यक्रम सम्पूर्ण रुपमा बन्द गरिनेछ । चौथो, यो विधयेक पारित भएमा हरेक बर्ष ५० हजारभन्दा धेरै शरणार्थीहरु अमेरिकामा भित्राइने छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com