बम राखिएको हल्लापछि सर्वोच्च अदालतका इजलास प्रभावित


प्रकाशित मिति : मंसिर ५, २०७४ मंगलबार

५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा बम राखिएको हल्ला चलेपछि आजका सबै इजलास स्थगित भएका छन् ।

अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको हो ।

बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्बोच्चमा पुगेको छ । भने सुरक्षाकर्मीले खानतलासी सुरु गरेका छन् ।

सबै इजलासहरु खाली गरी न्यायाधीशहरुलाई बाहिर निकालिएको छ । सर्वोच्च प्रशासनले आजका सबै इजलास र न्याय प्रशासनका काम नहुने जानकारी गराएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com