नर्भिक अस्पताल पुगे प्रचण्ड, विभिन्न दलका नेता चुनावी कार्यक्रम स्थगित गदै अस्पतालमा


प्रकाशित मिति : मंसिर ३, २०७४ आईतबार

३ मंसिर, काठमाडौं । पुत्र शोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नर्भिक अस्पतला पुग्नुभएको छ । पुत्र प्रकाश दाहालको निधन भएपछि प्रचण्ड झापाबाट लाजिम्पाटस्थित निवास गएर नर्भिक अस्पताल पुग्नु भएको हो । प्रचण्ड भरतपुर महानगरपालिकाकी मेयर, छोरी रेणु दाहालसहित नर्भिक अस्पताल जानु भएको हो ।

प्रचण्ड चुनावी कार्यक्रमका लागि झापामा हुनुहुन्र्थो । पुत्र प्रकाशको निधन भएको खबर पाए लगत्तै प्रचण्ड चुनावी कार्यक्रम छोडेर फर्किनुभएको हो । प्रचण्ड अस्पताल पुगेसँगै प्रकाशको निधन बारे पत्रकार सम्मेलनको तयारी गरिएको छ । यता प्रचण्ड पुत्र प्रकाश दाहालको निधन भएको खबर पाएलगत्तै बिभिन्न राजनीतिक दलका नेताहरु चुनावी कार्यक्रम स्थगित गरेर नर्भिक अस्पतालमा भेला हुन थालेका छन् ।

प्रचण्डसँगै झापाको चुनावी कार्यक्रममा सहभागी एमाले अध्यक्ष केपी शर्मा ओली भने काठमाडौं आउनुभएको छैन । आइतबार काँकडभिट्टाको कार्यक्रम सकेर ओली सोमबार मात्र काठमाडौं आउने बताएको छ । प्रकाशको निधनको खबर सुनेलगत्तै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि गोरखाबाट काठमाडौंतिर आउदै जानकारी प्राप्त भएको छ । शीर्ष नेताहरुमध्ये सबैभन्दा पहिले एमाले वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पताल परिसरमा पुग्नुभएको थियो । एमाले महासचिव ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ पनि अस्पताल पुग्नुभएको थियो ।बानेश्वरको थापागाउँमा आइतबार बिहान आयोजित घरदैलो कार्यक्रमलाई बीचमै रोकेर प्रकाशमान नर्भिक अस्पताल पुग्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माओवादीका अधिकांश नेताहरु नर्भिक अस्पतालमा हुनुहुन्छ । वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, पनि आफ्ना निर्वाचन अभियानलाई बीचमै रोकेर काठमाडौं आउनुभएको हो । नयाँ शक्ति नेपालका खिमलाल देवकोटा पनि नर्भिक अस्पताल पुग्नु भएको छ । अहिले नर्भिक अस्पताल परिसरमा दाहालका आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेताहरुको भिडभाड छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com