आक्रमणका घटनाबाट आयोग ‘स्तब्ध’


प्रकाशित मिति : मंसिर २, २०७४ शनिबार

चुनाव प्रचार प्रसारका क्रममा विभिन्न उम्मेदवारहरुमाथि आक्रमणका घटना बढेपछि निर्वाचन आयोगले आफू स्तब्ध भएको भन्दै सरकारलाई उम्मेदवार तथा मतदाताको सुरक्षा सुनिश्चित गर्न पुन:निर्देशन गरेको छ।

प्रहरीले निर्वाचनका क्रममा भएका आक्रमणका घटनालाई लिएर १७५ जना पक्राउ परेको बताएको छ।

नियन्त्रण

स्थिति आफ्नो नियन्त्रणमा रहेको तथा जोखिमको स्तर हेरी उम्मेदवार तथा मतदातालाई थप सुरक्षा प्रदान गरिने प्रहरीले जनाएको छ।

केही दिन अगाडी बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी ‍ओली र माओवादी अध्यक्ष प्रचण्डले निर्वाचनका क्रममा आफ्ना नेता कार्यकर्ताहरु लक्षित घटना बढेको भनेर आपत्ति जनाएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबार बिहानै नेपाली कांग्रेसका नेता रामशरण महत नुवाकोटमा आफ्ना कार्यकर्तासहित प्रचारप्रसारमा रहेका बेला उनीहरु चढेको गाडी विष्फोटमा पर्‍यो।

ककनी गाउँपालिकामा भएको उक्त हमलामा पाँचजना कार्यकर्ता घाइते भएको कांग्रेसले जनाएको छ।

शुक्रबारै रोल्पामा पूर्व सभामुख ओनसरि घर्ती प्रचारप्रसारमा रहेको ठाउँ नजिकै एउटा बम विष्फोट भएको थियो।

तारन्तार यस्ता घटना हुन थालेपछि शुक्रबार निर्वाचन आयोगले विज्ञप्ति प्रकाशित गर्दै आफू स्तब्ध भएको प्रतिक्रिया दिएको छ।

तत्काल सरकारलाई सुरक्षा सतर्कता बढाउन निर्देशन भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए।

“यस्ता घटनाप्रति निर्वाचन आयोग गम्भीर भएको छ। निर्वाचन शान्तिपूर्ण हुनुपर्छ। सबै मतदाताले ढुक्कसंग मतदानमा सहभागी हुन सक्ने वातावरण सिर्जना हुनुपर्छ भनेर आयोगले सरकारलाई निर्देशन गरेको छ,” उनले भने।

आँकलन

आयोग
यसै साता आयोगले सुरक्षाबारे सरकारसंग छलफल गरेको थियो।

यही साताको शुरुमा आयोगले सरकारी अधिकारीहरुलाई डाकेरै सुरक्षाबारे छलफल गराएको थियो।

उक्त छलफलमा निर्वाचनको मिति नजिकिंदै जाँदा सुरक्षा अवस्थाबारे थप सतर्क हुनुपर्ने आँकलन स्वयं सुरक्षा निकायहरुले गरेका थिए।

पछिल्ला घटनालाई गम्भीरतापूर्वक लिइएको नेपाल प्रहरीको भनाइ छ।

उसले खासगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका कार्यकर्ता सहित १७५ जनालाई यसै सिलसिलामा पक्राउ गरिएको जनाएको छ।

प्रहरीका प्रवक्ता नायब प्रहरी महानिरीक्षक मनोज नेउपाने भन्छन्, “निर्वाचनका क्रममा छापामार शैलीमा आक्रमणका घटनाहरु भइरहेका छन्। यसबारे प्रहरी एकदम सम्वेदनशील छ। हामी घटनाका छानबिन गरिरहेका छौं।”

उनका अनुसार नेपाल प्रहरीको ७२ हजार फौजको ९० प्रतिशत यो चुनावको सुरक्षा व्यवस्थापनका निम्ति खटाइएका छन्।

जोखिमको स्तर हेरेर उम्मेदवार तथा मतदातालाई सुरक्षा प्रदान गरिने उनले बताए।

दोषी को?

निर्वाचनका क्रममा भएका यस्ता हमलामा कतिपयले चुनाव बहिष्कार गरेको विप्लव नेतृत्वको नेकपालाई दोष दिने गरेका छन्।

तर उक्त पार्टीका नेताहरुले भने यस्ता दोषप्रति घुमाउरो जवाफ दिएका छन्।

यी आक्रमण गर्नमा सो पार्टी संलग्न छ भन्ने प्रश्नको जवाफमा उक्त पार्टीका केन्द्रिय सदस्य ध्रुव घिमिरेले बीबीसी नेपालीसंग बोल्दै भने, “यो हाम्रो पार्टीभन्दा पनि जनताको आक्रोश हो। दश वर्षे जनयुद्ध अनि ६२/६३ को आन्दोलनबाट देशले निकास पाएन। यी कारणले गर्दा जनता खासगरि तल्लो वर्गका मानिस आक्रोशित छन् र त्यही आक्रोशका प्रतिक्रियास्वरुप विभिन्न प्रकारका घटनाहरु भइरहेका छन्।”

सो पार्टीले चुनावलाई ‘खारेज’ गर्ने उसको नीति भएको बताएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com