पूर्वसभामुख घर्ती, कृष्णबहादुर महरालाई लक्षित गरी बम विस्फोट


प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

रोल्पा, मंसिर १ । रोल्पामा पूर्वसभामुख ओनसरी घर्तीमगरलगायत माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी शुक्रबार बम प्रहार भएको छ ।
पूर्वसभामुख घर्तीसहित माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुईओटा बम प्रहार भएको हो । उनीहरू फरक–फरक गाडीमा सवार थिए ।
लिवाङमा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रहरीको स्कर्टिङमा जाँदै गर्दा लिवाङ र सादोबाटोको बीचमा पर्ने भदौरे जंगलबाट बम प्रहार भएको जनाइएको छ ।
भदौरे जंगलको भीरबाट नेताहरुको गाडीभन्दा १० मिटरअगाडि बम प्रहार भएको रोल्पा प्रहरीले जनाएको छ । घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
बम प्रहार भएलगत्तै प्रहरीले भदौरे भीरमा घेरा हालेर बम प्रहार गर्ने अज्ञात समूहको खोजी गरिरहेको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com