ओलीको गलत अभिव्यक्ति
प्रकाशित मिति : मंसिर १, २०७४ शुक्रबार

मंसिर १, २०७४-बुधबार गोर्खामा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले केही लेख्न बाध्य बनायो । कांग्रेसको राजनीति अन्तिम भएकोले त्यस पार्टीका कार्यकर्ताहरूलाई संवेदना दिन चाहन्छु भन्ने ओलीको अभिव्यक्तिले उनको दिमाग र स्तरको उचाइ कुन हदसम्म रहेछ भन्ने कुरा प्रस्ट हुन्छ । राजनीतिको अन्त्य कहिल्यै हुँदैन । जबसम्म राज्य रहन्छ, तबसम्म राजनीति रहिरहन्छ ।
राजनीति रहुन्जेल सम्भावना रहिरहन्छ भन्ने कुरालाई भुलेर कांग्रेसको राजनीति सकियो । अब कांग्रेस पतन भयो भनी अभिव्यक्ति दिनु भनेको ओलीको दिमागले काम नगर्नु हो । यो–यो कारणले हामीलाई मत दिनुहोस् । हामीले जितेपछि यो–यो काम गर्छौं नभनिकन कांग्रेस कार्यकर्तालाई संवेदना भन्नु गलत हो ।
कुन पार्टी खतम, कुन पार्टीले गलत काम गरेको छ, कुन पार्टीलाई पतन गराउने, कुन पार्टीलाई सफलताको शिखरमा पुर्याउने भन्ने हात जनताको हो, ओलीको होइन । तसर्थ कसैलाई गाली गरेर होइन, आफ्नो योजना र भिजनसहित जनतामा गएर आफ्नो कुरा राख्ने र जनतासँग मत माग्नुमा नै सबै नेताको हित छ । अन्यथा खराब बानीले आफंैलाई पतन गराउँछ ।